Aamsanchar

प्रचण्ड सरकारको यस्तो गोप्य ‘धन्दा’

Author Image
बिहिवार, मंसिर ३०, २०७३

काठमाडौं ।

Puspakamal_dahal_380025590

नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको छ ।

व्यवसायीको प्रभावमा निगम व्ववस्थापनले सञ्चालक समिति छलेर अनुमति दिइरहेको छ। कारोबार दैनिकले समाचार छापेको छ ।

‘२०६९ सालबाट पहाडी र ग्रामिणबाहेक राजमार्ग र सहरमा नयाँ पम्प अनुमति बन्द गरिएको छ,’ सञ्चालक समितिका एक सदस्यले भने,‘उक्त निर्णयको वेवास्था गर्दै पम्प सञ्चालनको अनुमति दिइएको छ ।

अनुमति दिइएका अधिकांश पम्प राजमार्ग र सहर आसपास छन् । नयाँ पम्पलाई इजाजत दिनुपूर्व सार्वजनिक सूचनासमेत जारी गर्नुपर्छ ।

नापतौल तथा गुणस्तर विभागसँग समन्वय पनि गर्नुपर्छ । उक्त व्यवस्थालाई पन्छाउँदै २०६९ यता निगम व्यवस्थापनले जथाभावी रूपमा पम्प सञ्चालनको लागि अनुमति दिएका हुन् ।

कहाँ कति थपिए

विराटनगर– १५
नेपालगन्ज– ४०
बुटवल– १८०
जनकपुर– १२
पोखरा– ४
वीरगन्ज– ७८
धनगढी– ५

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर