Aamsanchar

एम्बुलेन्स चालकले अस्पतालमा वेवारीसे महिलालाई छाडेपछि….

Author Image
बिहिवार, मंसिर ३०, २०७३

भद्रपुर।15555051_944652349005195_1311410755_n

शनिश्चरेका एम्बुलेन्स चालकले मेची अञ्चल अस्पताल भद्रपुरमा वेवारीसे एक महिलालाई छाडेर गएपछि अस्पताललाई समस्या भएको छ ।

नाम ठेगाना नखुलेको अन्दाजी ५५ बर्षिय बिरामी महिलालाई अस्पतालमा छाडेर गएपछि अस्पतालले निशुल्क उपचार गरिरहेका छन् । एक तर्फी पेरेलाइसिस भएकी ती महिला बोल्न नसक्ने भएपछि उहाको पहिचान नै खुल्न नसकेको अस्पताल प्रशासलले जानकारी दिनुभयो ।

अस्पतालको मेडिकल वार्डमा ३७ मा भर्ना गराएर चिकित्सक तथा नर्सले ती महिलालाई निशुल्क उपचार गरिरहेको मेडिकल वार्डका इन्चार्ज वीपी चौधरीले जानकारी दिनुभयो । पहिचान नखुलेको महिलाको रेखदेखको लागि कोही नभएकोले उपचार समेत समस्या भइरहेको चौधरीको भनाई छ ।

गत मसिर १५ गते राती साढे १० बजे शनिश्चरेका एक एम्बुलेन्सले ती महिलालाई अस्पतालमा छाडेर गएका थिए ।

Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर