Aamsanchar

वि.स. २०७३ साल पौष १ गते शुक्रवारको राशिफल हेर्नुहोस्….

Author Image
शुक्रवार, पौष १, २०७३

नेपाल सम्बत ११३७ थिँल्लागा,सन् २०१६ डिसेम्बर १६ तारिक कृष्णपक्ष तृतीया तिथि राती १२ वजेर ४२ मिनेटसम्म, पुनर्वसु नक्षत्र साँझ ६ वजेर ३९ मिनेटसम्म, ब्रह्मयोग, वणिज करण, आनन्दादियोग लुम्ब, सूर्य धनु राशीमा, चन्द्रमा मध्यान्ह १२ वजेर ५२ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा ।
मेषः– काम गर्ने जोश जागर घट्ने छैन । आवश्यक काममा समय र धन लगानी हुनेछ । विलम्व गरेमा काम विग्रिने छन् । आफन्तजनबाट अल्प सहयोग पाईनेछ ।
वृषः– समय मध्यम चलेको छ । लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ । अरुको कुरामा धेरै नलाग्नु होला । धन आफन्त मान्छे भए पनि नदिदा राम्रो हुनेछ ।
मिथुनः– तपाईका काम र कुराले प्राथमिकता पाउन सक्छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला ।
कर्कटः– कर्म क्षेत्रबाट बाहिर नजानु होला । गरेका काम सफल हुनेछन् । तपाईबाट सहयोगको अपेक्षा अरुले पनि राख्ने छन् । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ ।
सिंहः– सानो मन गरेर काम नगर्नु होला । आज गरेका काम पनि सफल हुने छन् । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा मंगलिक काम हुन सक्ने कुरालाई नकार्न सकिन्न ।
कन्याः– अवसरको खोजीमा हुनुहुन्छ भने त्यो आज प्राप्त हुनसक्छ मेहनत थोरै बढि गर्नु होला । सामान्यतया गरेका काम हुने ग्रह गोचरमा देखिन्छ । व्यापारबाट आय आर्जन राम्रै हुनेछ ।
तुलाः– अरुको काम गरेर जश कम पाईने छन् । आफ्ना काम सफल गर्न पनि बढि मेहनतको आवस्यकता पर्नेछ । परिश्रमको फल मिठो पाईनेछ । अरुको भर धेरै नपर्नू होला ।
वृश्चिकः– आशा गरे अनुसारको काममा सफलता मिल्ने छैन । काम गर्दा हेलचक्रयाई नगर्नु होला विग्रिने छन् । अहार विहारमा ध्यान दिन सक्नु भएन भने स्वास्थ्य विग्रिन सक्छ ।
धनुः– पढाईतिर भन्दा बाहिरी काममा बढि ध्यान जाने छ । काम गर्दा कहि कतैबाट विरोध आउन सक्छ । आलस्यता नै शत्रु सम्झनु होला । आर्थिक कारोवार गर्दा सावधानी अप्नाउनु होला ।
मकरः– आज गरेका कामबाट दाम मात्र होईन प्रशंसा पनि पाईनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्ला । गलत विचार त्यग्नु होला ।
कुम्भः– विना विचार काममा हात नहाल्नु होला घाटा हुन सक्छ । अलमलमा पर्नु भयो भने धेरै काम पछाडि धकेलिने छन् । आर्थिक कारोवारमा टाउको दुखाई बढि हुनेछ ।
मिनः– कर्म प्राप्तिको चिन्ताले छाड्ने छैन । यात्रामा कठिनाई उत्पन्न हुन सक्छ । परिवारजनसँग मन मुटाव बढ्न सक्नछ । आर्थिक कारोवारमा गडबढ हुन सक्छ सतर्क रहनु होला ।
– ज्यो. पण्डित वेदनिधि तिमिल्सिना

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर