Aamsanchar

कृषिमा आधुनिकीकरणमासहयोग गर्न तत्पर : राजदूत मेयर

Author Image
शुक्रवार, पौष १, २०७३

दमक ।

kishan

नेपाली किसानलाई कृषिको नयाँ प्रविधि भित्र्याउन सहयोग गर्न इजरायल सरकार इच्छुक रहेको नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले बताउनुभएको छ ।

गौरादह नगरपालिका महारानीझोडामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै राजदूत मेयरले नेपालमा कृषि प्रवद्र्धनका लागि प्रत्येक वर्ष ५०० नेपाली युवालाई इजरायलमा कृषि तालिममा लैजाने गरेको उल्लेख गर्नुभयो । इजरायलमा गएका नेपालीले त्यहाँ सिकेको सीप नेपालमा ल्याएर प्रयोग गरे प्रशस्त रोजगारीका अवसर सिर्जना हुनसक्ने उहाँको भनाइ छ ।

राजदूत मेयरले नेपालले कृषिमा आधुनिकीकरण गर्न सके प्रचुर आम्दानी लिन सकिने हुने बताउँदै इजरायलमा एउटा गाईले दैनिक ५० देखि ६० लिटर दूध दिने हुँदा त्यस्ता गाईलाई नेपाल ल्याएर दूध उत्पादन बढाउने प्रविधि प्रदान गर्न सकिनेछ भन्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री अग्नि खरेलले निर्वाहमुखी कृषिलाई छाडेर आधुनिक कृषि औजारको प्रयोग गरी आफ्नै गाउँबाट मनग्य आम्दानी लिन सकिने भएकाले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न सकिने धारणा राख्नुभयो ।

संस्थाका अध्यक्ष मीना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले हलो जुवाको भरमा कृषि उत्पादन नहुने बताउनु हुँदै समयअनुसार कृषिमा वैज्ञानिकीकरण गर्न किसान पनि लाग्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा संस्थाका कृषि प्राविधिक हरि सिलवालले महारानीझोडाको सहकारीको नमूना एकीकृत सहकारी खेतीको गतिविधिका बारेमा जानकारी दिनुभएको थियो ।

सो अवसरमा राजदूत मेयरले सहकारीले सञ्चालन गरेको सामुदायिक बीउ प्रशोधन तथा भण्डार केन्द्र, नमुना एकीकृत सहकारी खेती, गाईपालनको अवलोकनसमेत गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर