काठमाडौं : 

मुस्ताङका अन्तिम राजा जिग्मे पलबर विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ।

काठमाडौं चावहिलको ओम अस्पतालमा उपचारको क्रममा जिग्मेको निधन भएको हो। अस्पताल स्रोतका अनुसार जिग्मेलाई निमोनिया र स्वासप्रस्वासको समस्या थियो। गत मंसिर २८ गते अस्पताल भर्ना भएका उनको आईसीयूमा उपचार भइरहेको थियो।
उनलाई कृतिम स्वासप्रस्वास दिइएको थियो। उनी मुटुको समस्याबाट पनि पीडित थिए। २५ औँ राजा समेत रहेका उनको उपचारका क्रममा बिहीबार राति निधन भएको अस्पतालका कार्यकारी निर्देशक बाबुकाजी कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

देश गणतन्त्रमा गएपछि जिग्मेको राजाको पदवी खोसिएको थियो। काठमाडौंमा बस्दै आएका उनको परिवारमा पत्नी पूर्वरानी सिटोल पलबर विष्ट, छोरा पूर्वराजकुमार जिग्मे सिङ्गी पलबर विष्ट (अशोक), बुहारी पूर्वराजकुमारी र नातिनातिनी छन्।
Views: 134

