Aamsanchar

भारतमा राजमार्ग आसपासमा मदिरा पसल नराख्न आदेश

Author Image
शुक्रवार, पौष १, २०७३

नयाँदिल्ली ।raksi piuda

भारतको सर्वोच्च अदालतले देशभरका सबै राष्ट्रिय राजमार्गको छेउछाउमा मदिरा पसल नराख्न बिहीबार आदेश दिएको छ ।

राजमार्गको छेउछाउमा मादकपदार्थको बेचविखनबाट सवारी दुर्घटना बढेको र यसलाई कम गर्ने उद्देश्यले अदालतले यस्तो आदेश दिएको अधिकारीले बताएका छन् ।

भारतका प्रधानन्यायाधीश टी एस ठाकुरको इजलासले कुनैपनि राष्ट्रिय वा प्रदेशस्तरीय राजमार्गका छेउछाउमा मदिरा पसल राख्न नदिन र यसअघि अनुमतिपत्र लिएकाहरुको पनि नवीकरण नगर्न आदेश दिइएको हो ।

यद्यपि, आउँदो वर्षको अप्रिल १ तारिखदेखि आदेश कार्यान्वयनमा ल्याउन पनि अदालतले प्रस्ट पारेको छ ।

अदालतले मादकपदार्थको नयाँ पसल राजमार्गदेखि ५०० मिटरभन्दा टाढा राख्न र राजमार्ग छेउछाउमा रहेका होडिङ बोर्डहरु तत्काल हटाउन पनि आदेश दिएको छ ।

भारत विश्वमै सबैभन्दा धेरै सवारी दुर्घटना हुने देशमा पर्दछ । एक तथ्यांकअनुसार, भारतमा सवारी दुर्घटनाका कारण वर्षेनि १३ लाखजनाको मृत्यु हुने गरेको छ ।

अधिकांश दुर्घटना सडकको दुरावस्था, मादकपदार्थ सेवन गरेर सवारी–साधन चलाउने र तीव्रगतिका हुने गरेको अधिकारीले बताएका छन् । रासस/सिन्ह्वा

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर