Aamsanchar

भारतसँग हार्दै नेपाल समूह चरणबाटै बाहिरियो

Author Image
शुक्रवार, पौष १, २०७३

काठमाडौं।

cricket-toli-of-nepal-57c7809c6de4a9.40944874

नेपाल श्रीलंकामा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

शुक्रबार भएको आफ्नो दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित हुँदै नेपाल मलेसियासँग खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल विहीबार श्रीलंकासँग १ रनले हारेको थियो ।

शुक्रबारको खेलमा नेपालले दिएको १७३ रनको लक्ष्य भारतले ३३ ओभर ३ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि पवन सर्राफले ३ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । यसअघि, बलियो प्रतिद्वन्द्वी भारतलाई अहिलेसम्मकै सबैभन्दा बढी रनको लक्ष्य दिनेक्रममा नेपालले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा १७२ रन बनायो ।

रोहितकुमार पौडेलले अविजित रहँदै ६८ रन बनाउनेक्रममा नन्दन यादवसँग मिलेर दशौं विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए ।

नेपालले आगामी आइतबार मलेसियासँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर