Aamsanchar

आज अन्तराष्ट्रिय आप्रवासन दिवसः नेपालीहरु धेरै असुरक्षित, केही त गर सरकार

Author Image
शनिवार, पौष २, २०७३

हरेक वर्षको डिसेम्बर १८ तारीखमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न कार्यक्रम गरेर अन्तराष्ट्रिय आप्रवासन दिवस मनाईन्छ, आप्रवासीहरुको अधिकार अनि आप्रवासनको सुरक्षित र कानुनी प्रावधानहरुको वारेमा छलफल र विमर्श गर्दै सुरक्षित आप्रवासनका वारे जनचेतना फैलाईन्छ ।

मुनामदनको कथा देखि आजको आधुनिक नेपाली गाँउहरुसम्म आप्रवासनका कथाहरु अनि वास्तविक्ताहरु झल्किन्छन्, हैन र ? भोटमा काम खोज्दै जाने मदन होस् या नुन लिन जाने नेपाली कथाहरु अनि आजभोलीका घरैपिच्छे विभिन्न देशमा काम अनि वसाईका क्रममा पुगेका नेपाली जनहरु, आप्रवासन नेपाली समाजको एउटा अभिन्न अगं भएको छ । तपाई हामी मध्य धेरै जना सायद अहिले यो आलेख कुनै विदेशी भुमीमा वसेर पढीरहेको हुन सक्छौ, आज विश्वभरिका आप्रवासीहरुको दिवस हो, विश्व मानचित्रमा आप्रवासन सहज र सुरक्षित हुन जरुरी छ ।

मानव सभ्यताको क्रमसँगै विभिन्न कारण अनि मान्यता अनुरुप आप्रवाशन विभिन्न स्वरुप अनि प्रकृतीमा हुँदै आएको छ । सुलभ वासस्थान, सुरक्षा अनि कृषीजन्य भुमीको खोजिमा शुरुुशुरुमा मानिस अनि समुदायले एक ठाँउवाट अर्को ठाँउमा वसाईसराई गर्नेगर्दथे भने सभ्यता क्रमसँगै कोरिएका कृक्रिम देश अनि भुभागका काल्पनिक रेखाअनुसार विकसित ठाँउमा लालाहीत भएर वसाईसर्ने क्रम विधमान छ । प्राकृतीक विपत्तिका कारणले अनि यूद्धका कारणले पनि वसाईसराई गर्ने मान्छेहरुको फेरिहिस्त ईतिहासले वयान गरेकै छ ।

आजको वर्तमान यूगमा विकास अवसर अनि आप्रवाशनको गहिरो समबन्ध छ नत्र कलकलाँउदो खोला, जाज्वल्यमान हिमाल अनि हरियालीका फाँटहरु छाडेर नेपालीहरु अरबका मरुभुमी अनि अन्य विश्व कन्दरामा किन पुग्थे र ?

सिरिया भन्ने देशमा भएको द्धन्दपछी भागेका शरणार्थीहरु अनि उनिहरुको समुन्द्रको अन्त्यहिन कष्टपद यात्राले धेरैको ज्यान गएको छ, एकजना साना वालकको समुन्द्र किनारमा वगेर ल्याएको मृत शरीर अनि खुल्ला अवोध आँखाको दृश्यभएको तस्वीरले संसारलाई रुवाएको छ, आप्रवासनको कुरा गर्दा विभिन्न कारणले शरणार्थी बनेका मानव अनि तिनका पीडाहरु पनि सझंना गर्न जरुरी छ । ईराक, अफगानिस्तान, सिरिया, लिविया लयागत सम्पूर्ण देशका शरणार्थीहरु अनि उनिहरुको पिडामा एैक्यवद्धता जरुरी छ ।

नेपाल पनि एउटा खुल्ला अनि मानवता प्रदायक देश हो जसले ईतिहासका विभिन्न कालखण्डमा छिमेकी शरणर्थीहरुलाई सहृदय स्वागत गरेको छ । तिब्बती शरणार्थीहरुलाई सहृदय वास दिएको नेपालले क्रमश भुटानी शरणार्थीहरु लाईपनि आफ्नो खुल्ला छातिमा स्नेहमयी स्थान दिएको हो । आजका दिन ति सम्पूर्ण नजिकका तर आगन्तुक पाहुनारुपी शरणार्थीहरुलाई पनि हामी नेपालीहरुले संझिन चाहन्छौ ।
आजभोली नेपाली अर्थतन्त्र अनि अर्थशास्त्रीहरुले सँधै भट्याउने एउटो थेगो रहेको छ, नेपालको अर्थतन्त्र रेमिट्यान्स अर्थात विप्रेषणले धानेको छ भन्ने तर यसरी रेमिट्यान्स पठाएर घरब्यवहार चलाउने नेपाली वैदेशिक कामदारहरुको अधिकार अनि आप्रवासन सुरक्षितताको ख्याल भने बिरलै गरिन्छ । गाँउगाँउमा रेमिट्यान्स कम्पनीहरु छन्, विदेश जानेको ताँती पनि लामै छ तर आप्रवासन अधिकारको सुनिश्चितता नभएर नेपालीहरु विदेशमा जोखिमपूर्ण कार्यगर्न, कम पारिश्रमिकमा कार्य गर्न अनि आधुनिक दास बन्न बाध्य छन् ।

यी सबै कुराहरुको वयान हरेक दिन काठको वाकसमा फर्किने नेपाली जनको मृत शरीर, विदेशी भुमीमा अफ्ठेरोमा परेका नेपाली हरुको कथा र विदेश जाने क्रममा ठगिएका लाखौ नेपाली यूवाहरुको कथाले दिइरहेका छन् । नेपालमा पनि संयूक्त राष्ट्रसँघ लगायत अन्य विभिन्न आप्रवासनकालागी काम गर्ने सरकारी तथा गैर सरकारी निकायहरु छन् जस्तै आई एल ओ, श्रम मन्त्रालय लगायत अनगिन्ती स्वदेशी तथा विदेशी गैर सरकारी सँस्थाहरुले, आजको दिनमा विभिन्न प्ले कार्डहरु, ब्यानरहरु लगायत नारा, जुलुस, धर्ना र कोणसभाहरु गर्दछन । आजभन्दा एक हप्ता अगाडिदेखिनै श्रम मन्त्रालयको सक्रियतामा सम्पूर्ण सँघसस्थाहरुले आप्रवासन सप्ताह गर्दै विभिन्न कार्यक्रमहरु गर्ने गर्दछन् ।
नेपाली आप्रवासीहरुको कुरा गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वाहेक खुल्ला नेपाल भारत सिमामार्फत अवसरको खोजीमा वाहिरिने आप्रवासीहरुलाई र तिन्का मुद्धाहरु पनि सम्वोधन गर्न जरुरी छ है । के नेपाली कामदारहरुले विदेशमा समान अवसर र पाउनुपर्ने अधिकारहरु पाएका छन् त ? सरकारको भुमिका कस्तो छ त ? पैरवीगर्न जरुरी छ । विदेशी भुमीमा पसिना चुहाईरहेका नेपाली जनहरु लगायत पासपोर्ट अनि भिसाको लाईनमा उभिएका आँखाहरु सबैतर्फ आजको दिनको उपलब्धीले असर गरोस्, सुरक्षित आप्रवाशन आजको आवश्यक्ता हो, हैन र ? स्वदेशी माटो अनि आवहवावाटै सपना पुरा गर्नसक्ने सार्मथ्य अनि पौरखको विकास गर्न जरुरी छ, छोराछोरीलाई पराईकोमा पठाएर ल्याएको धनले घर त चल्छ तर मन जल्छ । विदेश भन्दा स्वदेश श्रृगार्ने वातावरण बनोस है ।
विदेशमा गएको वुवाको आशमा वसेका छोराछोरीको आलिगंन, आमाका अवरुद्ध गलाहरु, छाडेर गएका घरका दलिनहरु, आँगनका तगाराहरु अनि गाँउका चियापसलहरु हाम्रा वैदेशिक दाजुभाई तथा दिदीवहिनीहरुको सफल पूर्नआगमनमा छन्, सबैको सपना पुरा होस् । – hamropatro

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर