Aamsanchar

सन्थाल जातिको घर घरमा सोलार

Author Image
आइतवार, पौष ३, २०७३

पथरी ।

Solar

मोरङ क्षेत्र नं ५ मा बसोबास गर्दै आएका सन्थाल जातिको घर घरमा सोलार बत्ती जडान हुने भएको छ ।

मोरङको भाथिगछ–९ का सन्थाल टोलका करिब एकसय सन्थालका घरमा सोलार जडान हुने भएको हो । जिविस, मोरङका वैकल्पिक ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार ९० प्रतिशत संसद् विकास कोष र १० प्रतिशत एसियाली विकास बैंकको लगानीमा सो समुदायका सर्वसाधारणका घरमा सोलार जडान गर्न लागिएको हो ।

सोलारको मिनी ग्रिड जडान गरी सोही ग्रिडबाट विद्युत् वितरण गरिने छ । सो ग्रिडले उत्पादन गर्ने २० किलोवाट विद्युत्ले करिब एकसय घर सन्थाल समुदायका मानिसलाई उज्यालो दिन्छ । सो क्षेत्रका सांसद् अमृत अर्यालका अनुसार सोलार जडानको कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।

त्यसैगरी सांसद अर्यालले २४० थान सन्थाल जातिको पोसाक टोलका प्रमुखलाई हस्तान्तरण गर्नुभयो । उहाँले सन्थाल जातिबाट गतवर्ष एसएलसी परीक्षा उत्तीर्ण गर्ने तीनजना छात्रालाई प्रोत्साहनका लागि साइकल प्रदान गर्नुभयो ।

साइकल पाउनेमा भातीगछ–५ निवासी लक्ष्मी मुर्मु, मझारे–७ निवासी रेगिता हेमरम र सिसवनी जहदा–८ निवासी विभूति मुर्मु रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर