Aamsanchar

सुनकोशी नदीमा स्कार्पियो जीप खस्यो, पाँचको मृत्यु

Author Image
आइतवार, पौष ३, २०७३

सिन्धुलीःtrisuli-accident-3

सिन्धुलीको रत्नावती–३, घाटपाखाबाट स्कार्पियो जीप सुनकोसी नदीमा खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। चार जनालाई भने उद्धार गरिएको छ।

काठमाडौंबाट खोटाङको हलेसीतर्फ जाँदै गरेको बा १२ च ८८९७ नम्बरको स्कार्पियो जीप सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमासंकर पन्जियारले जानकारी दिए। मृतकको भने सनाखत हुन सकेको छैन।

उद्धारका लागि जिल्लाबाट प्रमुख जिल्ला अधिकारी तारबहादुर कार्की, प्रहरी प्रमुख पंजियार लगायतको टोली घटनास्थल पुगेको छ। मृत्यु हुनेमा प्रायः एकै परिवारका हुन सक्ने आशंका गरिएका छ।

जीपमा कति सवार थिए भन्ने पनि एकिन हुन सकेको छैन। घटनबारे विस्तृत विवरण आउँन बाँकी छ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर