Aamsanchar

अर्पणले चारवटा विधामा विश्वकिर्तिमान कायम गर्ने

Author Image
सोमवार, पौष ४, २०७३

भद्रपुर।

IMG_20161218_155710

देशको शान र गौरव उच्च राख्न अरु चारवटा विधामा विश्वकिर्तिमान कायम गरिने गिनिज बुक रेकोर्डर अर्पण कटटेल शर्माले दावी गर्नु भयो ।झापाको तोपगाछीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले गिनिज बुकमा नाम लेखाउन सफल झापा भद्रपुर ८ निवासी अर्पण कटटेल शर्मालाई प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।

तेज स्मरण क्षमता भएका अर्पणले तीन दिनअघि गिनिज बुकको प्रमाणपत्र हात पारेलगतै आज भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अरु चारवटा विधामा विश्वकिर्तिमान कायमका लागि आफु तयारीमा लागि परेकोे बताउनु भयो । सरकारले मेरो प्रतिभालाई हलुका तबरले लिएकोमा गुनासो पोख्दै उहाले सरकारको सहयोग नपाएपनि देशको गौरवलाई विश्वमै चिनाउनु मेरो लक्ष्य रहेकोमा जोड दिनुभयो ।

उहाले अवको दोस्रो विधामा कुनै औषधी विना दूई मिनेट पानीमुनी श्वास रोकेर दुई बुक तास गन्ने र बाहिर आएर नहेरेर जवाफ फर्काउने तयारी गरिरहेको बताउनु भयो । ४० ओटा वस्तुको बारेमा भारतका जयसिम्हा रविलाभाको गिनिज रेकोर्ड तोडदै अर्पणले १३ महिना अघि झापाको दमकमा गिनिज बुक होल्डरका अगाडी एक मिनेटमा ४२ प्रकारका शब्द नहेरेर एकै चोटी फर्रर जवाफ दिएपछि विश्वकिर्तिमान कायम गरेका थिए ।

भखैरै प्रमाणपत्र पाएपछि आत्मविश्वास बढेको अर्पणले यसपछि क्रमस टायरको सहायतामा उल्टो झुण्डिएर एक मिनेट सम्म गित गाएर सबै भन्दा बढी क्रम याद राख्ने, एक मिनेटमा सबै भन्दा बढी नम्बर याद राखी बताउने र फेरी रङको पहिचानको क्रम याद राखेर फर्काउने तयारीमा लागि परेको छ ।

पत्रकार सम्मेलन बोल्दै अर्पणका बुवा मोहनले सरकारले छोराको सुरक्षा, तथा अगाडि बढ्नको लागी आवश्यक सहयोग गरिनुपर्ने माग राख्नु भयो । छोरा अर्पणको प्रगति र उन्नती नेपालमात्र नभई विश्वमा नै चिनिने भएकोले सरकारको यसतर्फ ध्यान जानु जरुरी रहेको उहाले उल्लेख गर्नु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर