Aamsanchar

विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्य बर्खास्त

Author Image
सोमवार, पौष ४, २०७३

काठमाडौं :three-photo_lHxcbh87EZ

उर्जा मन्त्री जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन जनालाई बर्खास्त गरी ती पदमा नयाँ सदस्य मनोनित गरेका छन्।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको आरोप लागेका सञ्चालकहरु मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र सुरज लामिछानेलाई बर्खास्त गरेर मन्त्री शर्माले नयाँ सदस्य नियुक्त गरेका हुन्।

उर्जामन्त्री शर्माले नयाँ सञ्चालकमा रुकुम पुर्तिमकाँडा ६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी ३ का चेतराज जोशी र सुर्खेत वीरेन्द्रनगर ६ का उमेश थानीलाई प्राधिकरण सञ्चालक समितिमा मनोनित गरेका उनका स्वकीय सचिव बसन्त विक्रम शर्माले जानकारी दिए।

घिसिङलाई असहयोग गरेको विषयमा मन्त्री शर्माले मिश्र, अग्रवाल र लामिछानेसँग स्पष्टीकरण सोधेका थिए। तर चित्तबुझ्दो स्पष्टीकरण नआएको भन्दै बर्खास्त गरेका उर्जामन्त्री शर्माले थाहाखबरलाई बताए।

लोडसेडिङ अन्त्य गर्ने लगायत प्राधिकरण सुधारका लागि ऊर्जा मन्त्री शर्मा र प्रबन्ध निर्देशक घिसिङले ल्याएको योजनामा उनीहरुले अवरोध पुर्‍याएको आरोप लागेको थियो। उनीहरुको असहयोगले नयाँ परियोजना कम्पनी मोडलमा बनाउने, विद्युत व्यापार कम्पनी खोल्ने जस्ता प्रस्ताव पनि पारित हुन सकेको थिएन।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर