Aamsanchar

बिना निष्कर्ष सकियो तीन दल बैठक

Author Image
सोमवार, पौष ४, २०७३

काठमाडौं,

577e65a3718068.52107564

सभामुख ओनसरी घर्तीको पहलमा बसेको प्रमुख तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारमा सभामुख घर्तीसहित सत्तारुढ नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालका शीर्ष नेताबीच भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्तावलाई अघि बढाउन आग्रह गर्नुभएको थियो ।

देशलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले संसदमा दर्ता भएको संशोधन प्रस्ताव अघि बढाएर चुनावको मिति पनि घोषणा गर्न समामुखलाई आग्रह गर्नुभएको थियो । उहाँले चुनाव चाहने दलले संसदमा अवरोध गर्नुपर्ने कुनै कारण नरहेको पनि बताउनुभयो ।

तर नेकपा एमालेले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसदको अवरोध नहटाउने अडान राखेको छ । बैठकपछि एमालेका नेता बामदेव गौतमले आफूहरुले चुनाव चाहेको भएपनि संविधान संशोधनको औचित्य नभएको र यसले चुनावलाई महत्व नदिएको भन्दै त्यो मान्य नहुने बताउनुभयो ।

यस विषयमा दलहरुबिच फेरि छलफल गरेर प्याकेजमै सहमति निकाल्ने प्रयत्न गर्ने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर