बुटबल :

नेकपा एमालेको युवा संगठन युवा संघ नेपाल रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहारबाट हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र घानुकका अनुसार देवदहको खैरेनीमा उनलाई गोली प्रहार भएको हो।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली प्रहार गरेका थिए। गोली प्रहारबाट गम्भीर घाइते तिवारीको देवदह मेडिकल कलेज पुर्याएपछि मृत्यु भएको हो।

उनी देबदहकै बासिन्दा थिए
Views: 139

