

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले झापा आयोजना गर्न लागेको जिल्ला अधिवेशनको बारेमा पत्रकार सम्मेलन मार्फत मिति तथा कार्यक्रमहरु सार्वजनिकमा जिल्ला कार्य समिति पदाधिकारीहरु ।
६१ कार्य समिति र २५ सचिवालय समिति पदाधिकारी रहने संघीय लिम्बुवान मञ्च नेपालले आगामी माघ १६ गते देखि १८ गते सम्म विर्तामोड भव्य रुपमा झापा जिल्ला अधिवेशन सम्पन्न गराउने तयारीमा जुटेको र सम्भव भएसम्म कसैसंग पार्टीले सहयोग नमाग्ने पार्टीको प्रवास समिति र आन्तरिक रुपमा आर्थिक जुटाउने र अधिवेशन सम्पन्न गराउन ५० लाख खर्चहुने जिल्ला अध्यक्ष धनबहादुर पङधाकले बताए । तस्वीरः विनोद पाण्डे/आमसंचार
Views: 199

