Aamsanchar

हत्या आशङ्कामा दुई सिकारी पक्राउ

Author Image
मङ्गलवार, पौष ५, २०७३

झापा।

goli prahar

दक्षिणी झापाको जलथल–३ बाट प्रहरीले  दुई सिकारीलाई पक्राउ गरेका छन् ।  पक्राउ पर्नेमा जलथल–३ का १९ वर्षीय कालू लिम्बू र १६ वर्षीय तिखुरे लिम्बू रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुबाट एक थान भरुवा बन्दुक पनि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

गत मङ्सिर २८ गते जलथलको रणकाली सामुदायिक वनमा दाउरा खोज्न गएकी ३१ वर्षीय अनिता मेचेको गोली लागि मृत्यु भएको थियो । चारकोशे जङ्गल भनेर चिनिने उक्त सामुदायिक वनमा सिकार खेल्न गएका कालू र तिखुरेले चलाएको गोली लागेर महिलाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

दाहिने हातमा गोली लागेर अत्यधिक रक्तस्रावका कारण महिलाको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको थियो । पक्राउ परेका दुबै जनाले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको र मङ्गलबार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर