Aamsanchar

रेविज रोगका कारण दोलखामा तीनजनाको मृत्यु

Author Image
मङ्गलवार, पौष ५, २०७३

दोलखा,

dog_bite_1_214226446

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार रेविज रोगका कारण दोलखाको लामावगर गाविसकी सरिता तामाङको ज्यान गएको छ । योसँगै रेविजका कारण मुत्यु हुनेको सङ्ख्या दोलखामा तीन पुगेको छ ।

कार्यालयका अनुसार पुस महिनाको पहिलो सातामा मात्रै रेविज रोगका कारण जिल्लामा तीन जनाको ज्यान गइसकेको छ । दोलखाको ओराङ गाविस वडा नम्बर–१ का नवराज ठकुरीको १७ वर्षका छोरा युवराज ठकुरी, सोही गाविसका सोमबहादुर तामाङ र लामावगर गाविसकी सरिता तामाङको ज्यान गएको हो ।

युवराज र सोम बहादुरको उपचारका क्रममा काठमाडौं टेकु अस्पतालमा ज्यान गएको हो भने सरितालाई उपचारका लागि टेकु अस्पताल लगेपनि चिकित्सकले उपचार सम्भव नभएको बताएपछि घर ल्याउने क्रममा आइतबार बाटामै ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत डम्बर थोकरले जानकारी दिनुभयो ।

दोलखाको उत्तरी क्षेत्रका केही गाविसमा केही दिन यता रेविज रोगको प्रकोप देखिएपछि सर्तक हुन जिल्ला स्वास्थ्य कार्यलय दोलखाले अनुरोध गरेको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत डम्बर थोकरले रेविज रोग लागेपछि यसको उपचार सम्भव नभएकाले समयमै सचेतना अपनाउन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर