Aamsanchar

साउदीमा १ सय ४५ कामदार अलपत्र, २६ कम्पनी कालोसूचीमा

Author Image
मङ्गलवार, पौष ५, २०७३

काठमाडौं,bidesh

साउदीका २६ वटा रोजगारदाता कम्पनी कालोसूचीमा परेका छन् । एक सय ४५ जना नेपाली कामदार अलपत्र पारेपछि सोमबार यी कम्पनीलाई वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेको हो ।

अव यी कम्पनीमा नेपाली कामदार पठाउन बन्द गरिएको छ । वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति नदिने र यस अघिनै पूर्व स्वीकृति दिएकाको अन्तीम स्वीकृति रोक्का गर्ने विभागका महानिर्देशक विश्वराज पाण्डेले जानकारी दिनुभयो ।

कालोसूचीमा पर्ने मध्य लमिक कन्ट्याकटिङ एण्ड कन्ट्रक्सन कम्पनीमा सबैभन्दा धेरै २० जना नेपाली १० महिनादेखि अलपत्र परेका छन् । उनीहरुलाई चन्द्रमा ओभरसिज प्रालीले पठाएको हो ।

वैदेशिक रोजगार व्यवसायी संघले पटक पटक ताकेता गर्दा समेत कामदारको उद्दारमा चासो नदिएको भन्दै यी कम्पनीलाई कालोसूचीमा राखि कार्वाही गर्न माग गरेको छ ।

संघले मंसिर ३० गते विभागलाई पत्र पठाउँदै कामदारको उद्दारका लागि कुटनीतिक पहल गर्न समेत वैदेशिक रोजगार विभागलाई आग्रह गरेको छ । मंसिर १५ गते विभागले संघलाई पत्र पठाउँदै साउदीमा समस्यामा परेका कामदार र कम्पनीको विवरण मागेको थियो ।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर