Aamsanchar

९ श्रीमान् बनाउने जाजाले छाडिन् ९९ वर्षमा संसार

Author Image
मङ्गलवार, पौष ५, २०७३

एजेन्सी ।

title-zsa_Z9IIuZgihz

हलिउडकी चर्चित अभिनेत्री जाजा गोबरको ९९ वर्षको उमेरमा निधन भएको छ। निधनपछि उनका श्रीमान् फ्रेडिरिक भोन एनहाल्टले भनेका छन्,’यहाँ सबै थिए। उनी एक्लै मरिनन्।’  हंगेरीमा जन्मिएकी जासा दोस्रो विश्‍युद्धको समय अमेरिका छिरेकी थिइन्।

उनले १९५२ मा हलिउडमा डेब्यु गरिन्। ७० भन्दा बढी फिल्म खेलेकी जाजा आफ्नो सेलिब्रेटी लाइफस्टायलका कारण धेरै चर्चामा रहिन्। जीवनभर उनले ९ जनासँग बिहे गरिन्। यसबाहेक अन्य थुप्रैसँग रोमान्स गरेको खुलासामा उनले आफ्नो आत्मकथामा गरेकी छिन्।  २० वर्षको उमेरमा उनले पहिलो बिहे गरेकी थिइन्। अन्तिम बिहे ७० वर्षको उमेरमा गरिन्। बाल्यकालमा जाजाकी आमाले छोरीलाई भेटेनरी डाक्टर बनाउन चाहेकी थिइन्। तर आफ्नो सुन्दरता देखाउन उनी मोडलिङको दुनियाँमा आइन्।

उनले सन् १९३६ मा मिस हंगेरीको उपाधि जितेकी थिइन्। तर प्रतिस्पर्धामा सहभागी हुने क्रममा उमेर ढाँटेको पुष्टि भएपछि उनको ताज खोसियो। हलिउड आएपछि उनले ५० को दशकमा खेलेका मोउलिन रोउ, लिलि, क्विन अफ आउटर स्पेस लगायतका चलचित्र हिट भए। ९ पटक विवाह गरेकी जाजाले एउटै मात्र बच्चा जन्माइन्।

छोरी फ्रान्सिस्का हिल्टन सन् १९४७ मा जन्मिएकी थिइन्। गत वर्ष निधन भएकी फ्रान्सिस्का पूर्व श्रीमान् कोनराड हिल्टनतर्फकी छोरी हुन्। सन् १९९३ मा सार्वजनिक आफ्नो आत्मकथा ‘वान लाइफटाइम नट इनफ’ मा उनले आधुनिक टर्कीमा प्रथम राष्ट्रपति केमल अटाटर्कसँग यौनसम्बन्ध राखेको दाबी गरेकी थिइन्।

आत्मकथामा उनले अटाटर्कसँगको सम्बन्धपछि आफ्नो भर्जिनिटी गुमेको दाबी गरेकी छिन्। उनले आफ्नो आत्मकथामा चर्चित कलाकार सियन कोनेरी, फ्रयाङक सिनात्रासँग पनि रोमान्स गर्न भ्याएको उल्लेख गरेकी छिन्। उनको नाम अमेरिकी राष्ट्रपति जोन अफ केनेडीसँगको सम्बन्धका कारण पनि चर्चामा आउँछ। आत्मकथामा जाजाले लेखेकी छिन्,’मेरी आमा भन्थिन्, मैले रात बिताएका सबैसँग बिहे गर्नुपर्छ भन्‍नेछैन्। तर मैले अधिकांशसँग गरें।’

सन् २००२ मा कार दुर्घटनापछि उनी व्हिलचेयरको साहारामा थिइन्।

किन गरेकी थिइन् बिहे?

एक अन्तरवार्ताका क्रममा उनले धेरै श्रीमान् बनाउँदा उनीहरुबाट धेरै कुराको ज्ञान भएको बताएकी थिइन्। गाबोरले धेरै बिहे गर्दा गल्ति गरेको महसुस कहिल्यै नभएको बताइन्। उनले सम्बन्ध-विच्छेदपछि पनि आफ्ना पूर्व श्रीमानसँग राम्रो सम्बन्ध कायम राखिन्।

उनीहरुका विषयमा कहिल्यै नराम्रो टिप्पणी गरिनन्। ‘हरेक श्रीमानसँग मेरो अनुभव राम्रो रह्‍यो। हरेकसँग मैले केही न केही महत्वपूर्ण कुरा सिके।’ गाबोरले आफ्नो आत्मकथामा लेखेकी छिन्,’ टर्किस राजदुतसँगको बिहेपछि मैले कुटनीति सिके।

कोनराड हिल्टनले मलाई कसरी राम्रो गृहणी र व्यवसायी बन्‍ने भनेर सिकए। मैले जर्ज स्यान्डर्ससँग अभिनय सिकें,’ पूर्व श्रीमानहरुका विषयमा गाबोरले लेखकी छिन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर