Aamsanchar

१९ वर्षकी किशोरीलाई विश्व सुन्दरीको ताज

Author Image
मङ्गलवार, पौष ५, २०७३

एजेन्सीः

Miss-world-Taaj

प्यूर्तो रिकोकी १९ वर्षकी स्टेफनी डेल बेलेले विश्व सुन्दरीको ताज पहिरिएकी छन् । डोमिनिकन रिपब्लिक तथा इण्डोनेसियासहित विश्वभरका सुन्दरीलाई पछि पार्दै उनले सन् २०१६ को विश्व सुन्दरीको ताज पहिरिन सफल भएकी हुन् ।

स्टेफनी डेल बेले स्पेनिश, अंग्रेजी तथा फान्सेली भाषा डचमा बोल्न सक्छिन् । उनलाई सन् २०१५ की विश्व सुन्दरी स्पेनकी मिरिया लालागुनाले ताज पहिराएकी छन् ।

स्टेफनीले ताज पहिरिएपछि मनोरञ्जन जगतमा आफ्नो जग्गा बनाउने तथा क्यारेबियन देशको प्रतिनिधित्व गर्दै विश्व सामू क्यारेबियन देशको गरिमा बढाउने उद्घोष गरेकी छन् ।

प्रतियोगितामा डाँमिनिकन रिपब्लिक यारिट्जा मगुएलीजा पहिलो रनरअप भईन भने येयेस रमिरेज दोस्रो तथा इण्डोनेसियाकी नताशा मैनुएला तेस्रो रनरअप भए ।

केन्या तथा फिलिपिन्सका प्रतियोगित शीर्ष पाँच प्रतियोगिमा सामेल थिए ।

अमेरिकाको वासिङटनमा भएको प्रतियोगितामा विश्वका सय भन्दा बढी देशका प्रतियोगी सहभागि थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर