Aamsanchar

नेपाल आउन इच्छुक छुः चिनियाँ राष्ट्रपति

Author Image
मङ्गलवार, पौष ५, २०७३

काठमाडौः

chiniya-president-57c8d1a4d6e679-5858a3a45f5729.76325667

चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले आफू उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको दोहोर्‍याएका छन् ।

चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालसंग सोमबार भएको भेटमा चिनियाँ राष्ट्रपतिले त्यस्तो बताएका हुन् । राजदूत पौड्यालले राष्ट्रपति सि लाई ओहदाको प्रमाणपत्र बुझाएपछि दश मिनेट भेटवार्ता गरेका थिए । उनी अघिल्लो महिना राजदूतको कार्यभार सम्हाल्न त्यसतर्फ गएका थिए ।

‘चिनियाँ राष्ट्रपतिलाई मैले राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाटका सन्देश सुनाएँ’ पौड्यालले अन्नपूर्णसँग टेलिफोनमा भने ‘उहाँले नेपाल भ्रमणमा इच्छुक रहेको बताउँदै उपयुक्त समयमा आउने बताउनुभएको छ ।’

राजदूत पौड्यालले चीन र नेपालबीचको सहकार्य यस क्षेत्रको शान्ति र विकासका लागि महत्वपूर्ण रहेको बताएका थिए । चिनियाँ राष्ट्रपतिले चीन र नेपालबीचको संबन्ध विश्वमा उदाहरणीय रहेको बताए । ‘नेपाललाई आफ्नो क्षमता अनुशार सहयोग गर्न चीन तयार रहेको उहाँले बताउनुभयो’ पौड्यालले भने ।

बेइजिङ्स्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रपति सिले एक चीन नीतिलाई निरन्तरता दिएकोमा धन्यवाद दिंदै वान बेल्ट वान रोड अवधारणाले दुवै देशलाई फाइदा हुने विश्वास दिलाउनुभयो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर