एजेन्सी । 

नायिका करिना कपुरले छोरालाई जन्म दिएकी छिन् ।

उनका श्रीमान नायक सेफ अलि खानले जारी गरेको वक्तव्यमा छोराको जन्म भएको र छोराको नाम ताइमुर अलि खान पताउदी कपुर राखिएको उल्लेख छ । ‘सन्तानको आगमनले हामीलाई पूर्ण बनाएको छ ।

बुवाआमा बन्न पाएकोमा हामी निकै खुसी छौं’ विज्ञप्तीमा उल्लेख छ । ५ वर्ष लामो प्रेम सम्बन्धपछि सेफ र करिनाले सन् २०१२ मा विवाह गरेका थिए ।


४६ वर्षका सेफको पहिलो श्रीमती अमृता सिंहबाट २ जना छोराछोरी छन् । सेफले ४० भन्दा बढी चलचित्रमा तथा करिना कपुरले झण्डै ५० वटा चलचित्रमा अभिनय गरेका छन् ।
Views: 163

