Aamsanchar

सुडानमा अपहरित दुई नेपाली सकुशल रिहा

Author Image
मङ्गलवार, पौष ५, २०७३

काठमाडौंः

nepali-sena-57c4d7f47a9d27.24866390

झन्डै एक महिना अघि सुडानमा अपहरणमा परेका दुई नेपाली अपहरण मुक्त भएका छन् ।

द्वन्द्वग्रस्त मुलुक सुडानस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चयुक्तको कार्यालयका कर्मचारी नेपाली नागरिकद्वय सरुन प्रधान र रमेश कार्की अपहरण मुक्त भएका हुन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयका प्रमुख प्रवक्ता एड्रियन एडवार्डस्ले उनीहरु सोमबार सकुशल रिहा भएको प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । उनीहरुलाई अज्ञात बन्दुकधारीले गत नोभेम्बर २७ मा अहरण गरेका थिए ।

राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयका प्रमुख प्रवक्ता एड्रियनले उनीहरुलाई अपहरण मुक्त गराउन सफल भएकोमा सुडान सरकार र त्यहाँका सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् । परराष्ट्र मन्त्रालयले जेनेभास्थित नेपाली नियोगमार्फत् उनीहरुको शीघ्र रिहाइका लागि अनुरोध गरेको थियो ।

दुई नेपालीसँगै अपहरणमा परेका एक सुडानी नागरिक मुसा ओमेर मुसा मोहम्मद समेत सकुशल रिहा भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर