Aamsanchar

सन् २०१६ मा विश्वमा ५७ पत्रकार मारिए

Author Image
मङ्गलवार, पौष ५, २०७३

पेरिसः2016-5858fff1b81b34.35762082

सन् २०१६ को सुरुदेखि हालसम्म ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका ‘रिपोर्टर्स बिदाउट बोर्ड’ले सोमबार जानकारी दिएको छ ।

यसरी अकालमै ज्यान गुमाउनु परेका पत्रकारको संख्यामा सिरियामा मात्रै १९ जना छन् । यसैगरी अफगानिस्तानमा १० जना, मेक्सिकोमा नौजना र इराकमा पाँचजना भएको विश्व सञ्चार स्वतन्त्रता समूह (पे्रस फ्रिडम ग्रुप) ले जानकारी दिएको छ । मारिएका पत्रकार प्रायजसो स्थानीय नै भएका बताइएको छ ।

सन् २०१५ मा ६७ जना पत्रकार मारिएका तुलनामा भने २०१६ मा यो संख्या केही कम भएको पनि उक्त समूहले जानकारी दिएको छ ।

विशेषगरी सिरिया, इराक, लिबिया, यमन, अफगानिस्तान र बुरुन्डी जस्ता सदाकाल युद्धग्रस्त र समाचार संकलन गर्नका लागि अत्यन्तै जोखिमयुक्त देशमा गएका पत्रकार त्यहाँबाट पलायन भएका हुनाले पनि यो संख्यामा कमी आएको सो समूहले बताएको छ। त्यस्तै आठजना सञ्चारकर्मी र नौजना इन्टरनेट सूचना समसामयिकीकरण गर्ने व्यवसायी (ब्लगर) हरू पनि सन् २०१५ मै मारिएका छन् ।

‘जहाँ दण्डहीनताले राज्य गरिरहेको हुन्छ, त्यहाँबाट पत्रकारहरू फिर्ता हुनुपर्छ र त्यहीँ नै सत्य समाचार र सूचनामाथि काला छिद्रहरू छरपष्ट भइरहेका हुन्छन्’, रिपोर्टर्स बिदाउट बोर्डर्सले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

अफगानिस्तानमा मारिएका १० पत्रकार उनको व्यवसायलाई लक्षित गरी मारिएका थिए । सन् २०१६ को जनवरीमा निजी टेलिभिजन च्यानल टोलोले भाडामा लिई प्रयोग गरेको मिनी बसमा आत्मघाती आक्रमणमा तीन महिलासहित सात व्यक्ति मारिएका थिए । यस आक्रमणको जिम्मेवारी तालिवान विद्रोहीले लिएको थियो ।

यमनमा सरकारी सेना र साउदी अरेबियाको समर्थन प्राप्त सशस्त्र बलले हुथी विद्रोहीविरुद्ध गरेको युद्धको कारण सन् २०१५ देखि सात हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने अर्कोतर्फ पाँच पत्रकारको दिनदाहाडै हत्या गरिनाले पत्रकारले यमनलाई एक ‘कालो क्षेत्र– ब्ल्याक स्पट’का रुपमा हेर्छन्।

पत्रकारको संरक्षणका लागि विशेष सुरक्षा प्रतिनिधिको बन्दोबस्त गरिदिनसंयुक्त राष्ट्रसंघका नवनियुक्त महासचिव आन्तोनियो गुतेरेससँग पे्रस फ्रिडम ग्रुपले आह्वान गरेको छ । एजेन्सी

Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर