Aamsanchar

अनिता मेचेको हत्याका अभियुक्त पक्राउ

Author Image
मङ्गलवार, पौष ५, २०७३

भद्रपुर ।hatya

झापाको जलथल–२ स्थित रणकालीन सामुदायिक वनमा दाउरा लिन गएकी सोही गाविस–३ निवासी ३२ वर्षीया अनिता मेचेको हत्या आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

मङ्सिर २७ गते दिनको ४ बजे जङ्गलमा सिकार गर्न गएका सिकारीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर मेचे घाइते भएको र उपचारार्थ ओमसाई हस्पिटल भद्रपुर ल्याउँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा जङ्गलमा सिकार गर्न गएका भद्रपुर नगरपालिका–२ निवासी १८ वर्षीय तिखु भन्ने विशाल योङहाङ्ग, सोही स्थान बन्ने ३२ वर्षीय सुमन भन्ने सुकनन्द लिम्बू र २० वर्षीय कालु भन्ने किरण लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो । गोली चलाउने विशाल योङहाङ्ग रहेको र अन्य दुईजनाले सहयोगीका रुपमा काम गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुविरुद्ध चोरी–सिकारी र कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर