Aamsanchar

“बालुवाको घर” बिमोचन

Author Image
बुधवार, पौष ६, २०७३

शान्तिनगर ।dipen

झापाको शान्तिनगर–६ धारागोलामा आयोजित ७ दिने धारागोला भ्यू–टावर कृषि तथा पर्यटन महोत्सबको पाँचौ दिन मंगलबार साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । धारागोला खेल मैदानमा भएको कार्यक्रममा उदयमान साहित्यकार सुमन लेप्चा (बाङ्चु¬) को कथा सग्रह “बालुवाको घर” बिमोचन गरिएको छ । उनी लेप्चा समुदायको पहिलो कथाकार हुन् ।

लोपोन्मुख लेप्चा जातीको पहिलो कथा सग्रह बिमोचन भएको छ । आज भन्दा १० बर्ष अघिको समाजका घट्ना परिघट्नालाई बिषय बस्तु बनाईएको कथा सग्रह “बालुवाको घर” कार्यक्रमका प्रमुख अतिथी कन्चनजंगा एफ्एम्का प्रबन्ध निर्देशक चन्द्र भण्डारीले बिमोचन गरेका हुन् ।

स्वर्णीम बालक्लबले बिभिन्न गीत, कबिता, गजल प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा धारागोला भ्यू–टावर कृषि तथा पर्यटन महोत्सब यहाँ सम्म ल्याईपुर्याउन सहयोग गरेको भन्दै आधा दर्जन बढिलाई सम्मान समेत गरिएको थियो ।

सम्मानित हुनेहरुमा महोत्सबका पूर्व अध्यक्ष तथा सामाजिक ब्यक्तित्व चक्र शेर्मा, नीरकुमार सुबेदी, महोत्सब पूर्व सचिब कनकराज राई, भ्यू–टावरको परिकल्पनाकार तथा समालोचक मूनाराज शेर्मा, पूर्ब शान्तिनगरका सचिब सुदर्शन बराल, चेतन ढुङगेल, प्रकास पोङदाक, कोरियन तामाङ, सुमन लेप्चा, भ्यू–टावर र महोत्सबको प्रचारप्रसारमा सहयोग पूर्याएको भन्दै आँगन एफ्एम्का समाचार संयोजक दिपेन लावती समेत सम्मानित भएका छन् ।

साहित्यकार तथा समालोचक मूनाराज शेर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा जितेन मुस्कान, टंक बिकल्प, ज्योती भट्टराई, बिराज किँराती,गणेस निरौला, केसी श्रेष्ठ लगायतले आ–आफ्नो रचना प्रस्तुत गरेका थिए । उक्त साहित्यिक कार्यक्रमको संचालन लिला अनमोल र बलबद्र बिवसले गरेका थिए ।

Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर