Aamsanchar

भुटानी शरणार्थी महिलाले स्थानीयसँग सहकार्य गर्ने

Author Image
बुधवार, पौष ६, २०७३

झापा,

MAPJHAPA

भुटानी शरणार्थी महिला मञ्चको २० औं साधारण सभाले शरणार्थी र स्थानीय महिला बिच सहकार्य अघि बढाउने निधो गरेको छ ।

दमकको बेलडाँगी शिविरमा बुधबार सम्पन्न साधारण सभाका वक्ताले पुनर्वासबाट शरणार्थीको संख्या घटदै गएकोले शरणार्थी शिविरमा चालु परियोजनाबाट सम्भव भएसम्म स्थानीय समुदाय लाभान्वित हुनुपर्ने बताए ।

सधारण सभामा राष्टसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगका प्रतिनिधि खेम नेपाल, महिला मञ्चका कार्यक्रम संयोजक मोहन राई, आदिवासी जनजाती महिला महासंघ पुर्वाञ्चल पतिनिधि सुमित्रा चेली लगायतले बोल्नुभएको थियो ।

सन् १९९५ मा भुटानी शरणार्थी महिलाको सीप विकास र सामाजिक सशक्तिकरणको उद्धेश्यसाथ स्थापित मञ्चले पछल्लो एक बर्षका एकसय ६४ जना शरणार्थी महिलालाई सिलाईकटाई, ब्युटिसियन र ढाका बुनाई तालिम दिएको थियो । मञ्चले यो परियोजना चलाउन लुथरन विश्व महासंघबाट ६ लाख २० हजार तीनसय पाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१