झापा,

बालमैत्रीको पहिचान बनाउन सफल झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयको अवलोकन गर्न आउने विद्यालयहरु बढ्दै गएका छन् ।

यसै क्रममा आज महेन्द्र माध्यमिक विद्यालय जलथलको एक टोलीले विद्यालयको अवलोकन गरी सफल अभ्यासका बारेमा जानकारी लिएको छ ।

गाउँ शिक्षा समिति जलथलका अध्यक्ष मुरारी पोख्रेलको नेतृत्वमा आएको टोलीमा निवर्तमान गाविस अध्यक्ष डिल्ली पोख्रेल, प्रधानाध्यापक गंगाराम खरेल, सहित व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, शिक्षक शिक्षिका र विद्यार्थी सहित ६० जनाको सहभागिता रहेको थियो ।

टोलीलाई विद्यालयले अपनाएको सफल अभ्यासका बारेमा प्रधानाध्यापक विश्व थापाले जानकारी गराएका थिए । यो सँगै बाल सुबोधिनी आधारभूत विद्यालयको अवलोकन गर्ने विद्यालयहरुको संख्या १ सय ६० पुगेको विद्यालयले जनाएको छ ।
Views: 142

