Aamsanchar

धुर्मुस सुन्तलीको नयाँ योजना सार्वजनिक

Author Image
बुधवार, पौष ६, २०७३

काठमाडौं:

Dhurmus-Suntali-Munni-2

सामाजिक काममा सक्रिय हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले नयाँ योजना सार्वजनिक गरेका छन् । एकीकृत बस्ती निर्माण अभियानमा जुटेका धुर्मुस सुन्तलीले तेस्रो बस्ती निर्माण गर्ने घोषणा गरेका हुन् ।

उनीहरुले एक भिडियो सार्वजनिक गर्दै मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगीलाई अपिल गरेका छन् । भूकम्पपीडितका लागि दुई एकीकृत नमुना बस्ती निर्माण सम्पन्न गरिसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो ।

गत वर्ष सरसफाइका क्रममा धुर्मुस सुन्तली उक्त बस्तीमा पुगेका थिए । चरम गरिबीको चपेटामा रहेका मुसहर तराईको पिछडिएको जाति हो । भूकम्पपीडिलाई पहिलो प्राथमिकतामा राख्दै एकिकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन्।

गाँस, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफूहरु पुगेपछि अहिले निकै परिर्वतन देखा परिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।।

४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउण्डेशनले गिरानचौर एकीकृत नमुना बस्ती निर्माणबाट बचेको एक करोड ३ लाख ६६ हजार ३ सय १ रुपैँया मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने फाउण्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिइन् । चैत अन्तिमसम्मा नयाँ बस्ती बनिसक्ने फाउण्डेसनले जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर