Aamsanchar

गतिरोध अन्त्यका लागि बीचको बाटो खोज्नुपर्छ

Author Image
बुधवार, पौष ६, २०७३

नेपालगन्ज ।

Dr.-Baburam-Bhattarai-300x267

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि बीचको सहमतिको बाटो खोज्नुपर्ने बताउनुभएको छ ।

सुर्खेतबाट काठमाडौँ जाने क्रममा नेपालगन्ज विमानस्थलमा रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “सरकारले आन्दोलनकारी शक्तिसँग पूर्ण रुपमा सहजीकरण गरी सहमतिको निकास निकाल्न सक्नु नै उत्तम विकल्प हो ।”

उहाँले राज्यको पुरानै संरचनामा चुनाव गर्छु भन्नु गलत हो भन्दै संविधान संशोधनबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा(एमाले)लाई सहमतिमा ल्याएर मात्र निर्वाचनको घोषणा गर्न सुझाव दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर