बिर्तामोड।
चिया विवाद समाधानका लागि गठित ९ सदस्यीय टोली झापाको चिया उद्योग, चिया बगान तथा झापामा रहेका अगुवा चिया कृषकसँग भेट्दै केन्द्र फर्किएको छ ।
कृषि विकास मन्त्रालयका उपमहानिर्देशक सूर्यप्रसाद पौडेलको संयोजकत्वमा गठित टोली एक साताको बसाई पछि काठमाडौं फर्किएको हो । पुस २५ गतेसम्ममा प्रतिवेदन बुझाउने गरी टोली विहीवार राजधानी फर्कन लागेको बुधवार पत्रकार सम्मेलनको भेटघाट गरी जानकारी दिइयो ।
लामो समयदेखि झापाका साना किसान चिया व्यवसायी आन्दोलनमा छन् । आन्दोलनमा रहेका उनीहरुलाई आन्दोलन फिर्ता लिन अनुरोध गर्ने र प्रतिवेदनलाई समर्थन गर्न आग्रह गरिने पत्रकार सम्मेलनमा गठित समिति संयोजक पौडेलले बताए ।
झापाका तीन वटा उद्योगका लागि सरकारले प्रतिउद्योग सात करोड ९५ लाखको ५० प्रतिशत रकम अनुदान दिने भनेको थियो । यस बर्ष बजेटमा उक्त रकम नछुटिएकाले उक्त रकम समेत कृषि मन्त्रालयमार्फत प्रदान गर्न पहल गरिने उनको भनाइ छ ।
उनले भने मन्त्रालयमा केही बजेट रहन सक्छ, त्यो बचत रकमबाट केही पैसा झापाका हल्दिवारी, साना किसान सहकारी संस्था लिमिटेड, पाराखोपी चिया उत्पादन सहकारी संस्था लि. र शुभचिया किसान सहकारी संस्था लिमिटेडलाई प्रदान गर्न पहल गरिन्छ । विवाद समाधानका लागि नेपालमा पनि अक्सन प्रणाली लागू गर्न सरकारलाई आग्रह गर्ने र यहाँ उत्पादित चियालाई अन्तर्राष्ट्रिय बजारमा विस्तारका लागि पहल गरिने पौडेलले बताए ।
टोलीले भारतमा रहेको चियाको अक्सन अवलोकनपछि नेपालमा पनि चिया अक्सन प्रणालीको विकास बारे सुझाव लिएर काठमाडौं फर्कन लागेको बताइएको छ । झापामा रहेका तीन वटा फ्याक्ट्री अत्यावश्यकीय भएको भन्दै रकम उपलब्ध गराउन आफू संयोजक रहेको टोलीले सक्दो प्रयास गर्ने पौडेलको भनाइ छ ।
झापामा सञ्चालित फ्याक्ट्रीको प्रगति राम्रो भएको भन्दै फ्याक्ट्री सञ्चालनका लागि सरकारी तर्फबाट सक्दो पहल गर्ने बताए । पत्रकार सम्मेलनमा नेपाल चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले झापामा विवाद समाधानका लागि आएको टोलीले सफलतापूर्वक काम सम्पन्न गरेको र प्रतिवेदन बनाएर मन्त्रालयमा पेश गरिने बताएका छन् । उनले विवाद समाधानका लागि सहयोग पु¥याउने सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 71