Aamsanchar

तीन प्रतिशत बालबालिका खोपविहीन

Author Image
बिहिवार, पौष ७, २०७३

काठमाडौँ।

healthy-baby

स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले स्वास्थ्य क्षेत्र सुधारका लागि थप कार्यक्रम ल्याइने बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यहाँ आज आयोजना गरेको पूर्णखोप घोषणा अभियान र दीर्घकालीन योजना विषयको दुईदिने कार्यशालामा उहाँले काठमाडौँ उपत्यका बाहिरका जिल्ला जनस्वास्थ्य कार्यालयमा जनशक्तिको अभाव हुन नदिइने बताउनुभयो ।

कार्यक्रममा व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले खोपको महत्व जीवनसँग जोडिए पनि देशमा अझै तीन प्रतिशत बालबालिकाले खोप लगाउन नपाउनु दुःखद् हो भन्दै यसमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

बालस्वास्थ्य महाशाखा निर्देशक डा राजेन्द्र पन्तले हरेक वर्ष नेपालमा छ लाख पाँच हजार शिशु जन्मने गरेको र तीमध्ये ८५ हजारले अझै पूर्ण खोप लगाउनबाट वञ्चित रहनुपरेको हुँदा महाशाखाले विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

कार्यशालाका सहभागीले स्वास्थ्य क्षेत्रमा लगानी कमसँगै जनचेतनाको कमी भएकाले अझै धेरै बालबालिका पूर्ण खोप लगाउनबाट वञ्चित हुनुपरेको बताएका थिए । कार्यशालामा विभिन्न जिल्लाबाट करिब २५ प्रतिनिधिको सहभागिता थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर