Aamsanchar

भ्रष्टाचारी नेताको लुगा पनि बाँकी नराख्ने लोकमानको चुनौती

Author Image
शुक्रवार, पौष ८, २०७३

काठमाडौँ:

Lokmansing-karki-1-650x433

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचार नियन्त्रण अभियानमा आफू निरन्तर लागिरहने बताउदै आफूमाथि लागेको आरोप असफल हुने दाबी गरेका छन् ।

उनले आरोप असफल भएपछि भ्रष्टाचार नेताहरुको बस्त्र समेत बाँकी नरहने चेतावनी समेत दिएका छन् । निलम्बित प्रमुख आयुक्त कार्कीले बिहीबार विज्ञप्तिमार्फत भ्रष्टाचार नियन्त्रणका क्रममा आफूले सामना गर्नुपरेको बाधा र व्यवधानले आफूलाई थप दृढ बनाएको दाबी गरे ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका रुपमा भ्रष्टाचार नियन्त्रणका निम्ति गरिएका प्रयासलाई अवरोध पुर्याइन्छ भने सचेत नेपाली नागरिकका रुपमा भ्रष्टाचार विरुद्धको अभियान चलाउनु मेरो स्वभाविक कर्म हुनेछ,’ विज्ञप्तिको अन्तिममा भनेका छन्, ‘त्यसबेला कतिको शरीरमा बस्त्र बाँकी रहला समयले नै बताउने छ।’

उनले विज्ञप्तिमा आफू आफ्नो कर्तव्यप्रति सदा अविचलित रही जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहनेसमेत उल्लेख गरेका छन् । निलम्बित प्रमुख कार्कीले अख्तियार प्रमुखको कार्यभार सम्हालेयता आफ्नो भूमिकालाई सक्रिय, सशक्त, निष्पक्ष र पारदर्शी तुल्याउने दिशामा आफू केन्द्रित रहेको तथा भ्रष्टाचारको जालो सर्वत्र रहेकाले तलदेखि माथिसम्म सफाइका निम्ति निडरतापूर्वक अभियान चलाएको समेत दाबी गरेका छन् ।

उनले अहिले तथ्य सबै खोल्न नचाहने बताउदै जनता र देशले चाहेमा उपयुक्त समयमा सबै तथ्य विवरण जनसमक्ष प्रस्तुत गर्न नहिचकिचाउने समेत बताएका छन् । ‘म यतिवेला धेरै तथ्यपूर्ण रहस्यका पोकाहरु खोल्न चाहन्न, तर जनताले चाहेको, देशले मागेको उपयुक्त समयमा सम्पूर्ण तथ्य विवरण जनसमक्ष प्रस्तुत गर्न म हिचकिचाउने छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘कानून पालना गराउने दायित्व बोकेकाहरुले आफ्नो कर्तव्य निर्वाह गरे बापत दण्डित हुनुपर्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्ने दायित्व बोकेका व्यक्तिले भ्रष्टाचार नियन्त्रणका निम्ति कदम चालेकै कारण अपमानित र अपहेलित हुनुपर्यो भने त्यसवेला कैयन सीमाहरु भत्कन सक्छन् ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर