Aamsanchar

मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा मार्स प्रसाई

Author Image
शुक्रवार, पौष ८, २०७३

तीन वर्षे कार्यकाल

अध्यक्ष मार्स प्रसाई

अध्यक्ष मार्स प्रसाई

बिर्तामोड ।

मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा मार्स प्रसाई सर्वसम्मत चयन भएका छन् ।
आज शुक्रबार झापाको धनुषकोटी धाममा भएको एसोसिएसनको नवौं साधारणसभा तथा अधिवेशनले तीन वर्षे कार्यकालका लागि प्रसाईलाई अध्यक्षमा चयन गरेको हो ।
निवर्तमान अध्यक्ष लयप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष प्रेमप्रसाद दाहालले गरेका थिए ।

विनोद बस्नेत

विनोद बस्नेत

एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा नविन कोइराला, प्रथम उपाध्यक्षमा टिकाराम पिठाकोटे मगर, द्वितीय उपाध्यक्षमा भुपालराज कटुवाल र महासचिवमा विनोद बस्नेत चयन भएका छन् । त्यस्तै सचिवमा विनोद चापागाई, कोषाध्यक्षमा अमित सरिया, सहकोषाध्यक्षमा मदन राई चयन भएका छन् ।
सदस्यहरुमा कृष्णप्रसाद रिजाल, सागरबाबु उप्रेती, प्रकाश सरिया, उत्तमकुमार श्रेष्ठ, कुमारमणि पोखरेल, भागीरथ रिजाल, हरि घिमिरे, योगेन्द्र थापा, तारा बराल र मोहत उप्रेती चयन भएको निर्वाचन अधिकृत रुद्रप्रसाद भूर्तेलले जानकारी दिए ।
एसोसिसनका नव अध्यक्ष प्रसाईले मेची अञ्चलका सम्पूर्ण पेट्रोलियम व्यवसायीको भावनालाई समेटेर अघि बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर