[भरत शिवाकोटी]

युएई,

विगत एक वर्ष भन्दा बढी समयबाट युएईमा गठन भइ झापा जिल्ला केन्द्रित विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको युएईवासी झापालीहरुको सामाजिक संस्था झापाली समाज यु.ए.ई. अन्तर्गतको क्षेत्रीय समिती आबुधाबिले आफ्नो क्षेत्रीय अधिवेशन २३ डिसेम्बर २०१६ मा आबुधाबिको स्थानीय रमणीय स्थल क्यापिटल पार्कमा सम्पन्न गरेको छ ।
झापाली समाज यु.ए.ई. का केन्द्रीय सदस्य मित्रलाल पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा समाजका केन्द्रीय सदस्य मणी सुवेदी तथा हरि कटुवाल समेतको उपस्थिति रहेको थियो । रास्ट्रिय गान गाए पश्चात उपस्थित झापालीहरूमा एकअर्काबिच परिचयगर्दै अगाडि बढाईएको कार्यक्रममा उपस्थित सबैलाई समाजकी सदस्य पुजा भट्टराईले स्वागत मन्तव्य द्वारा स्वागत गरेकी थिईन भने अतिथिहरुतथाप्रमुख अतिथिले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

समाजकाक्षेत्रीय समिती आबुधाबीका अध्यक्ष हिमाल अधिकारीले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रतिवेदन अधिवेशनले सर्वसम्मत रुपमा पारित गरेको थियो भने कोषाध्यक्ष छवी खनाल द्वारा प्रस्तुत करिब आठ लाख रुपैया भन्दा बढीको आर्थिक प्रतिवेदन टिप्पणी सहित पारित भएको थियो ।
झापालीहरुको उल्लेख्य सहभागिता रहेको उक्त अधिवेशनले आगामी एक बर्स कार्यकालका निमित्त पुन: हिमाल अधिकारीको अध्यक्षतामा २१ सदस्य आबुधाबीक्षेत्रीय समिती सर्वसम्मत रुपमा चयन गरेको छ । एक उपाध्यक्ष र ३ सदस्य पछी मनोनित गर्ने गरि निर्माण भएको उक्त समितीको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष पुजा भट्टराई र दुर्योधन कार्की, सचिव मोहन दाहाल,सह सचिव शेसराज न्यौपाने,कोषाध्यक्ष छवी खनाल,सह कोषाध्यक्ष कुल वहादुर कटुवाल रहेका छन भने सदस्यहरुमा क्रमश: राजकुमार निरौला,श्याम थापा,दुर्गा सिटौला,दिपक न्यौपाने,काशिनाथ ढकाल,अर्जुन सिटौला,लेखनाथ न्यौपाने,खेमराज भट्टराई,मिना सुव्वा र मेघराज सुवेदी रहेका छन ।
नव निर्वाचित कार्यसमितीका अध्यक्ष हिमाल अधिकारीले प्रतिबद्दता व्यक्त गरेको अधिवेशन कार्यसमितीका अध्यक्ष हिमाल अधिकारीको नै सभापतित्वमा तथा सह सचिव शेसराज न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।
झापाली समाज यु.ए.ई. ले आफ्नो केन्द्रीय महाधिवेशन आगामी जनवारी १३ तारिख २०१७ मा आयोजना गर्न गैरहेको र केन्द्रको निर्देशन अनुरुप सबै क्षेत्रीय समितीले अधिवेशन गरिरहेको समाजका केन्द्रीय सदस्य मित्रलाल पोखरेलले जानकारी दिएका छन ।

