मैले लेखेको
तर
तिमीले नदेखेको
प्रीत
मेरो शब्दचित्र
अमुर्त
सदैव तिमीमा अमर रहिरहोस !

मैले नबोलेको
तर
हृदयको गहिराहीभित्र
छताछुल्ल
मेरो अजर अमर
प्रीत
सदैव तिमीमा समर्पण भइरहोस !!

मैले सजाएको
प्रीत
तिम्रा कोमल पदचापहरुले
टेक्दा
एकान्तमा भक्कानिएको मेरो
रुवाइ
त्याग , तपस्या र बलिदान
मेरो प्रीत
सदैव तिमीमा मार्गचित्र बनिरहोस !!!

:- सरोज
Views: 214

