Aamsanchar

राष्ट्रिय अखण्डता कमजोर पार्न दिदैंनौं ,झापामा राप्रपाको जनसागर उर्लियो

Author Image
शनिवार, पौष ९, २०७३

वितामोड ।

rpp

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाभिमान र अखण्डतालाई कुनै पनि हालतमा कमजोर पार्न नदिने उद्घोष गर्नुभएको छ ।

विद्यमान अवस्थामा विखण्डनकारी हरुबाट देश टुक्राउने डरलाग्दो खतरा बढेको बताउदै राप्रपा अध्यक्ष थापाले देश विद्यमान अवस्थामा भुषको आगो माथी उभिएको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको बिर्तामोडमा आयोजना गरेको वृहत हिन्दुत्व जागरण तथा एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको अखण्डतालाई अक्षुण राख्नु दुइ पार्टी एक भएको उल्लेख गर्नुभयो ।

ठुला दलले नेपाली जनताको अभिमत बिनै धर्म निरपेक्षता जबरजस्ती लादिएको प्रसंग उल्लेख गर्दै हिन्दु राष्ट्र पुनस्थापना गर्ने उद्घोषका साथ पार्टी एकीकरण भएको बताउनुभयो । उहाँले नेपालीको एकता खल्बलिन नदिनको लागि पनि मुलुक हिन्दु राष्ट्र कायम गरेरै छाड्ने बताउनुभयो ।

अर्को फरक प्रसंगमा अध्यक्ष थापाले स्थानिय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकार सँग माग गर्नुभयो । तोकिएको समयमा तीन तहको निर्वाचन नभए मुलुक संवैधानिक संकटतर्फ धकेलिने खतरा बढ्नै बताउदै अध्यक्ष थापाले आत्मसमर्पणवादी प्रवृती हावी भएको उल्लेख गर्नुभयो । rpp1

पार्टिका राष्ट्रिय अध्यक्ष पशुपती शमशेर राणले झापा जील्ला राष्ट्रिय प्रजातन्त्र पार्टीको किल्ला भएको बताउँदै हिन्दु राष्ट्र निर्माणमा यहाँका जनताले साथ र सहयोग गर्नुपर्ने बताउनुभएको छ । दुई । दुई चोटी संबिधान सभाको निर्वाचन भएपनि राजनीतक अस्थिरता भने जहाँको त्यहि रहेको उहाँको भनाई थियो । नेपाल भारत र चिन दुई ठूला अर्थतन्त्रको ढाल भएको बताउँदै मुलुकको अर्थतन्त्रलाई गती दिन कम्युनिष्ठको साम्यबादी शक्तिले नसक्ने भन्दै राप्रपामा मात्र उक्त शक्ति रहेको दावी गर्नुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै बरीष्ठ नेता प्रकाश चन्दै लोहोनीले झापाको बिकास गर्न सरकारलाई सुझाव दिनुभएको छ । त्यसका लागी २०४२ पहिलो पटक आफ्नो पार्टीले शिलान्यास गरेको मेची पुलको निर्माण गरीनुपर्ने बताउनुभयो । यसको निर्माण हुन सकेमा यहाँको आर्थिक बिकासमा टेवा पुग्ने लोहोनीको भनाई थियो । तर त्यस बिषयमा बर्तमान सरकारले कुनै चासो नदेखाएको उहाँले आरोप लगाउनुभयो ।

कार्यक्रममा पार्टीका उपाध्यक्षहरु हरिनारायण यादव , बुद्धिमान तामाङ , राजीव पराजुली ,महामन्त्रिहरु राजेन्द्र लिङ्गदेन, धवल शम्सेर राणा , ध्रुववहादुर प्रधान , भूमी सुधार मन्त्री विक्रम पाण्डे , आपुर्ती मन्त्री दिपक वोहारा, केन्द्रिय सदस्य एवं गायीका कोमल ओली, लगायतका केन्द्रीय नेताहरुले देश संकट ग्रस्त अवस्थामा गुज्रिरहेको भन्दै उत्थानका लागी राप्र्रपा र राप्रपा नेपाल एक भएको धारणा राख्नुभएको थियो ।

पार्टीका झापा अध्यक्ष अम्वर वहादुर विष्टको अध्यक्षतामा आयोजीत कार्यक्रममा स्वगत केन्द्रिय सदस्य भक्ति सिटौलाले गर्नुभएको थियो  । कार्यक्रमको संचालन पार्टीका सह अध्यक्ष जयबहादुर श्रेष्ठ र सचिव  केशव ओझाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर