सोलुखुम्बु।

सोलुखुम्बुको टाकसिन्दु-३ स्थित छाँगामा शनिबार भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ।

घरनजिकै घाँस काट्नेक्रममा भीरबाट खस्दा सोही ठाउँकी २२ वर्षिया रिन्जि शेर्पाको शनिबार दिउँसो मृत्यु भएको प्रहरी चौकी नुनथलाले जनाएको छ।

घटनाको जानकारी पाउनासाथ नुनथला चौकीबाट टोली खटिगई अनुसन्धान कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ।

Views: 128

