Aamsanchar

चितवनमा हात्ती महोत्सव हुने

Author Image
आइतवार, पौष १०, २०७३

चितवन,

Elephent-585f61a20dd3a3.94066446

‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ पुस ११ देखि १५ गतेसम्म चितवनमा १३ औं हात्ती महोत्सव हुने भएको छ । आन्तरिक तथा विदेशी पर्यटन प्रर्र्वद्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र महत्त्वबारे जानकारी गराउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक क्षेत्रीय होटेल संघ चितवनले जनाएको छ ।

हात्ती महोत्सवले पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटनमा छुट्टै स्थान बनाउन सफल भएको आयोजकको भनाइ छ । कार्यक्रमलाई हात्तीमैत्री बनाउन आयोजक सचेत रहेको मिडिया संयोजक केशव पाण्डेले बताए । महोत्सवमा हात्तीको पिकनिक कार्यक्रमसमेत समावेश छ ।

उनका अनुसार विश्वप्रख्यात हात्तीपोलोलाई महोत्सवमार्फत संस्थागत गर्ने प्रयास गरिएको अयोजकको भनाइ छ । हात्तीदौड प्रतियोगितालाई परिमार्जन गर्दै ‘इलिफेन्ट फास्ट वाक’ कार्यक्रम गरिनेछ । महोत्सवमा डुंगा, गाडाका विभिन्न गतिविधि एवं हात्तीका छावाबीच रोमाञ्चकारी खेलसमेत हुनेछ ।

यस्तै हात्ती सुन्दरी प्रतियोगितासँगै राष्ट्रिय तथा स्थानीय कलाकारबाट दैनिक सांगीतिक कार्यक्रम गरिनेछ । महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर