काठमाडौं ।
चकलेट खासगरी कोको नामक फलको चूर्णबाट गर्ने गरिन्छ । यसको फलको बियाँ निकाले घाममा सुकाउने गरिन्छ भने त्यसपछि सुकेको बियाँलाई पिसेर मैदाको पीठोजस्तो धुलो पारिन्छ ।
उक्त धुलोमा चिनी, कोको, दुध तथा हाइड्रोजेनेटेड पेजिटेबल आयल एच.बी.ओ लाई गाइ वा भैंसीको दूधमा मिसाएर जमाउने गरिन्छ ।
यसरी जमेको ठोस बस्तुलाई बिभिन्न साइज वा आकारमा काटेर अलग अलग प्याकेटमा बन्द गरी बजारमा बिक्री बितरणका लागि पठाइन्छ । त्यो नै चकलेट हो ।
खासगरी चकलेट बनाउनका लागि प्रयोग गरिने कोकोको दुध र बियाँमा फिनेल, इथाइल एमीन, जानथीम, र थाइब्रोमिन नामक तीन बिभिन्न कार्बनिक यौगिकहरु निहीत रहेका हुन्छन् । जसको असर अत्यन्त हानिकारक हुने गरेको छ ।
बैज्ञानिक अनुसन्धान अनुसार इथाइल एमीन जब शरीरभित्र प्रवेश गर्दछ तब यसले सबैभन्दा पहिले रक्तबाहिनीहरुको भित्री सतहमा रहेका न्युरान्स नामक तत्वहरुलाई बिशेष रुपमा प्रभाव पार्दछ ।
यसबाट क्यान्सर र हृदयघात जस्ता घातक रोगहरु उत्पन्न हुन सक्दछ । हृदय रोग बिशेषज्ञहरुका अनुसार चकलेट खानाले शरीरका बिभिन्न तान्त्रिक कोषहरुमा रहेका रिसेप्टर नामको तत्वलाई उत्तेजित पार्दछ र यसबाट डी.एन.ए.डी आक्सी रिबोन्युकिकल एसिड र जीन सक्रिय हुने गर्दछ ।
यस प्रकारको सक्रियताबाट शरीरमा रहेका कोषिकाहरुलाई एक यस्तो रासायनिक तत्व निर्माण गर्न उत्प्रेरित गर्दछ जसले रक्तचाप र मुटुको धड्कन बढाउने काम गर्दछ ।
साथै यस प्रकारको हानिकारक रासायनिक तत्व निर्माण गर्नमा मिथाइल जानथीन र थियोब्रोमिन नामको तत्वहरुले पनि एक किसिमको सहयोगी भूमिका निभाउने गरेको छ ।
हामीले खाने चकलेटको माध्यमबाट यी तीनै प्रकारको रासायनिक तत्वहरु एकसाथ शरीरमा प्रवेश गर्ने गर्दछ । शरीरमा यी रासायनिक तत्वहरुले तबसम्म आफनो प्रतिकूल असर छोडिरहेको हुन्छ जबसम्म यो पेटको आमाशयभित्र पूर्णरुपमा पचाइसकेको हुँदैन ।
चकलेट अत्याधिक मात्रामा खाने ब्यक्तिहरुको मुटु र रक्त प्रवाहमा अतिरिक्त दबाब पर्ने भएकाले यसले घातक रोगको रुप लिन पुग्दछ ।
त्यति मात्र होइन चकलेट बनाउन प्रयोग गरिने निकिल नामक धातुले हृदय रोग बढाउने एक प्रमुख कारक तत्वको रुपमा रहेको पाइएको छ । (एजेन्सी)