Aamsanchar

जनप्रदर्शनको लागि एमालेको प्रचार शैली – मोबाइलदेखि मोटरसाइकलसम्म

Author Image
आइतवार, पौष १०, २०७३

काठमाडौं,

1468506950Uml-Office

संविधान संशोधन प्रस्तावको बिरोधमा रहेका एमालेसहित विपक्षी ९ दलले आउँदो पुस २२ काठमाडौंमा जनप्रदर्शन गर्दैछन् । प्रदर्शनलाई सफल बनाउन भन्दै एमालेले तयारी तिव्र पारेको छ ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार आज आइतबारदेखि नै पार्टीको ३ नम्बर प्रदेश कमिटी, केन्द्रीय मोर्चा संगठन र सम्पर्क समन्वय कमिटीले प्रचार थालेका छन् ।

पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोल स्तरका कमिटी र जनसंगठनका जिल्लाभन्दा तलका सबै कमिटी अनि सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चहरुका बैठक तथा भेला गरी तयारीका काम गर्ने उहाँले जानकारी दिनुभएको छ ।
प्रचारको थरीथरी शैली

एमालेले जनप्रदर्शनको लागि थरीथरीका प्रचार शैली अपनाउँदैछ । भट्टराईका अनुसार प्रचारको लागि निम्न कार्यक्रम हुनेछन् ।

  • पुस २१ गते मोटरसाइकल ¥याली गर्ने । यसको संयोजन अनेरास्ववियु, युवासंघ, खेलकुद महासंघ, जिफन्ट, पेशागत महासंघ र सम्पर्क विशेष कमिटीले गर्ने । कम्तीमा १० हजार मोटरसाइकल सहभागी हुने ।
  • उपत्यकाभित्र २० र २१ गते एक निर्वाचन क्षेत्रमा कम्तीमा १० ठाउँमा कोण सभा गर्ने । यसरी १५० ठाउँमा कोणसभा हुनेछन् ।
  • जिफन्ट र अनेरास्ववियुले आफ्नो कार्यथलो र कलेजमा प्रचारसभा (क्लास स्पिच) गर्ने ।
  • ९ दल (नेकपा (एमाले), नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टी) का अध्यक्षहरुको हस्ताक्षर भएको अपिल घर–घरमा पु¥याउने ।
  • सबैले आफ्ना फेसवुक, पेज, ट्वीटरमा छोटा भाषा र आर्कषक ढंगले २२ गतेका सन्देश पोस्ट गर्ने ।
  • फेसवुक तथा भाइबरमा २२ गतेलाई केन्द्रित गरेर गु्रप बनाउने । प्रचार सन्देशमा कसैलाई अभद्र भाषा प्रयोग नगर्ने, सकारात्मक सन्देश मात्र प्रवाह गर्ने ।
  • पुस २० र २१ गते एस. एम. एस. भाइरल चलाउने । प्रत्येक पार्टी सदस्यले कम्तीमा २० जनालाई एस. एम. एस. पठाउने ।
  •  ‘राष्ट्र र भावी पुस्ताका लागि पुस २२ गतेको विरोध प्रदर्शनमा सहभागी हुनेछु’ भन्ने प्रतिज्ञा पत्रमा घर–घरमा गएर अन्य ठाउँमा समेत हस्ताक्षर अभियान चलाउने ।
  • पुस २२ गते ३ घण्टाका लागि सबै सडकमा आउने । सबै राष्ट्रप्रेमी पुस २२ गते सडकमा आउनेछन् ।
  • सिठी जुलुस, दौड जुलुस, प्रतिकात्मक प्रचार शैलीहरु अबलम्बन गर्ने । पुस २० र २१ गते भूगोलका जिल्ला कमिटीहरुले तीनै सहरमा माइकिङ गर्ने ।
  •  आवश्यकताअनुसार पत्रकार सम्मेलन गर्ने ।
  • यो कार्ययोजना र जिम्मेवारीका आधारमा सबै पार्टी कमिटी, जनसंगठन, सम्पर्क कमिटी र मञ्चहरुले आ–आफ्ना प्रचार योजना बनाई सचिवालयमा पेश गर्ने ।
  • २२ गतेलाई केन्द्रित गरी डिजिटल पोस्टर र पोस्टकार्ड तयार गरी प्रचार–प्रसार गर्ने ।
  • पुस २० गते ३ बजे रत्नपार्क शान्तिबाटिकाबाट राष्ट्रिय झण्डासहित प्रचार जुलुश गर्ने । यसको संयोजन काठमाडौँ जिल्ला कमिटीले गर्ने ।
  • पुस २२ गतेका लागि जिंगल बनाउने । यसको संयोजन राष्ट्रिय जनसांस्कृतिक महासंघले गर्ने ।
  • प्रेस चौतारीले विभिन्न सञ्चारमाध्यमहरुका भेला तथा बैठक राखी प्रचार कार्यलाई सहयोग गर्ने ।
  • मुख्य नेताहरुको भिडियो सन्देश बनाई २२ गते सभामा आउन अपिल सार्वजनिक गर्ने ।
  • आन्दोलनको आवश्यकता र औचित्यका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई ब्रिफिङ गर्ने ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर