Aamsanchar

अनाथलाई कम्बल वितरण

Author Image
आइतवार, पौष १०, २०७३

इटहरी ।

nepal-child-labour-revolution-needed

जाडो मौसमका बेला निःसहाय गरिब तथा अनाथ आश्रममा शरण लिएर बसोबास गर्दैै आएका महिला, वृद्धवृद्धा र बालबालिकाले न्यानो कपडाको अभावमा जीवन गुमाउन नपरोस् भनेर शनिबार सेवक अभियानकर्मीले दुई सय थान न्यानो कपडा कम्बल वितरण गरेका छन ।

धरान उपमहानगरपालिकाको छातो चोकमा आयोजना गरिएको कार्यक्रममा सेवक अभियानकर्मी कार्यक्रम संयोजक लक्ष्मी सिजापति व्यवस्थापक नीरमाया विक लगायतको सक्रियतामा उक्त न्यानो कपडा कम्बल वितरण गरिएको हो । धरान उपमहानगरपालिकाको २७ वटा वडाका विपन्न समुदायका महिला बालबालिका, वृद्धवृद्धा र अनाथलाई ती न्यानो कपडा कम्बल वितरणका लागि धरान उपमहानगरपालिका क्षेत्रका विभिन्न सामाजिक सङ्घसंस्था तथा होटल व्यवसायी मारवाडी सेवा समिति लगायतले सहयोग गरेको निश्चल पालिखेले जानकारी दिनुभयो ।

त्यसैगरी धरानको पुरानो अस्पताल रहेको छाता चोकमा सञ्चालनमा रहेको पुनः स्थापना गृहमा रहेका अपाङ्गता भएका तथा शारीरिक अशक्तता भएका महिला तथा बालबालिकालाई रोट्र्याक्ट क्लब अफ धरानले शनिबार न्यानो र नयाँ कपडा वितरण गरेको छ ।

पुनः स्थापना गृह धरानमा संरक्षित २३ जना बालबालिका महिलालाई रोट्याक्ट क्लब अफ धरानका युवाले सर्ट, पेन्ट, टोपी, भेस्ट, स्वेटर, मोजा, जुत्ता ज्याकेट, कुर्ता सलवार र साडी समेत दिएको पूजा पण्डितले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक पण्डितले आफूले लामो समयदेखि पुनः स्थापना गृह धरानमा आश्रय लिएर बसोबास गर्दै आएका बालबालिका, महिलालगायत सबैको अवस्थाका विषयमा अध्ययन र अनुसन्धानसमेत गर्दै आएको र उनीहरुको आवश्यकताका बारेमा जानकार भएकाले उनीहरुको आवश्यकता अनुरुपको कपडा उपलब्ध गराएको बताउनुभयो ।

बालबालिका तथा अशक्तलाई रोट्र्याक्टर विनोद मेहताले ती सामग्री वितरण गर्दै बालबालिका तथा अशक्तलाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर