एजेन्सी ।
दुनियाँमा को मूर्ख होला, जसले आपूmलाई कुनै प्रहरीले पक्रियोस् भन्ने चाहन्छ । तर जर्मनीका मानिसहरु भने एक जना प्रहरी अधिकारीको हातबाट आफूलाई पक्राउन चाहन्छन् । भलै नपक्रिउन्, कम्तीमा ती प्रहरीले आपूmलाई नजर त लगाइदिउन् भन्ने ठान्छन् ।
हो, जर्मनीकी वरिष्ठ प्रहरी आयुक्त एड्रिएन कोलेसजर यस्ती महिला प्रहरी हुन् जसको हातबाट आपूmलाई पक्राउनका लागि अपराधीहरुबीच पनि हानथाप हुन्छ । कोलेसजरको सुन्दरतामा पुरुष अपराधीहरु समेत यति धेरै नतमस्तक छन् कि उनको हातबाट पक्रिइने सपना देख्छन् । कतिपय सर्वसाधारण तथा जिन्दगीमा कहिल्यै अपराध नगर्नेहरुले पनि सानोतिनो गल्ती गरेर उनको हातबाट पक्रिने निहुँ खोज्दछन् । उनी ड्युटीमा खटिएको ठाउँमा कतिले नियम विपरित जानाजान तीव्र गतिमा गाडी चलाउने, कतै गाडी ठोक्काइदिने जस्ता काम गर्दछन् ताकि सो अभियोगमा ती महिला प्रहरीले उनीहरुलाई पक्रिउन् ।
यी ३१ बर्षे सुन्दरी प्रहरीका २८ वर्षे ब्वायफ्रेण्ड पनि छन् र उनले ब्वायफ्रेण्डलाई भरपूर समय दिन्छिन् । जिमखानामा नियमित रुपमा धाउने उनले आफ्नो ढाड र हिपको स्वास्थ्यमा विशेष ख्याल गर्छिन् ।