विर्तामोड ।

नेपाल बैंक लिमिटेड विर्तामोड शाखाका प्रमुखको निधन भएको छ ।
विगत ढेड वर्षदेखि विर्तामोड शाखाको प्रमुखको जिम्मेवारी सम्हालेका उमेश चन्द्र घिमिरेको ४१ वर्षको उमेरमा गयराती निधन भएको विर्तामोड शाखाका कर्मचारी घनश्याम निरौलाले जानकारी दिनुभयो ।
राती बाथ्रुममा हात धुने क्रममा लडेका घिमिरेलाई तत्काल उपचारका लागी विर्तामोड स्थित विर्ता सिटी हस्पिटल पु¥याए लगत्तै मृत्यु भएको बताइएको छ । संखुवासमा जन्मेका घिमिरे हाल काठमाण्डौं स्थित गठ्ठाघरमा बस्दै आएका थिए । वि.सं.२०६१ सालबाट बैंकमा जागिर सुरु गरेका घिमिरे ढेड वर्ष अघि बनेपाबाट विर्तामोड आएका थिए ।
घिमिरेका एक छोरा, श्रीमती, बुबा–आमा रहेका छन् । बुबा पनि विगत दुई वर्षदेखि दिर्घ रोगका कारण ओछ्यान परेको जनाइएको छ ।
Views: 164

