Aamsanchar

बक्सिङमा विभागीय टोलीको दबदबा

Author Image
सोमवार, पौष ११, २०७३

(विक्रम गिरी/सुरेन्द्र भण्डारी) 

झापा ।

250820161129232-1-copy-1000x0

मेची रङ्गशालामा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङ खेलमा विभागीय टोलीको दबदबा रहेको छ ।

आइतबार राति सम्पन्न क्वाटरफाइनलका खेलमा महिलातर्फ सशस्त्र प्रहरीका माला राई, नङ्गजाबुद्ध मगर र प्रमिला पाण्डे सेमिफाइनलमा प्रवेश गरेका छन् । राईले मध्यामाञ्चलका रोशनी राईलाई, मगरले पूर्वाञ्चलका अस्मिता दुलाललाई तथा पाण्डेले मध्यमाञ्चलका सञ्जनामाया थिङलाई पराजित गरेका हुन् ।

यसैगरी, नेपाल प्रहरीका निशा तामाङले सुदूरपश्चिमका हरिना आर्यलाई, दिवाना सामाले पूर्वाञ्चलका मिना तामाङलाई तथा सिर्जना थन्कारले पश्चिमाञ्चलका प्रियङ्का वेरानलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्नुभएको छ ।

यस्तै, नेपाली सेनाका गीता थापामगरले पश्चिमाञ्चलका रामाकुमारी लामालाई तथा सोनम रोक्काले मध्यमाञ्चलका अम्बिका विकलाई पराजित गर्दै सेमिफाइनल पुग्नुभएको छ ।

आयोजक पूर्वाञ्चलका दिया लिम्बूले आफ्नो स्पर्धामा मध्यपश्चिमाञ्चलका रोरिशा थापामगरलाई पराजित गरी सेमिफाइनल प्रवेश गर्नुभयो । आआफ्नो तौल समूहमा पश्चिमाञ्चलका सिस्मा थापामगरले सुदूरपश्चिमाञ्चलका भावना शाहीलाई तथा विमला थापामगरले सुदूरपश्चिमकै निर्मला केसीलाई हराउँदै सेमिफाइनल पुग्नुभयो ।

यस्तै, मध्यपश्चिमाञ्चलका कृष्णा सुनारले पूर्वाञ्चलका सुष्मा योगीलाई पराजित गर्नुभयो । पूर्वाञ्चलका सुलभ मगरले पश्चिमाञ्चलका सोनाम लामा डोगीलाई, सुदूरपश्चिमाञ्चलका सुष्मा तामाङले मध्यपश्चिमाञ्चलका रीता विकलाई तथा पूर्वाञ्चलका विमलाकुमारी सुनुवारले सुदूरपश्चिमाञ्चलका सङ्गीता चौधरीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्नुभएको छ ।

यसैगरी पुरुष ६० देखि ९१ किलो तौलमा समेत विभागीय टोलीले नै अग्रता लिएका छन् । आइतबार राति सम्पन्न क्वाटरफाइनलका खेलमा नेपाली सेनाका सुरेश नेपालीले सुदूरपश्चिमाञ्चलका रामबहादुर थापालाई, नेपाल प्रहरीका दिनेश श्रेष्ठले मध्यपश्चिमाञ्चलका युरेन्द्रबुद्ध मगरलाई, सशस्त्र प्रहरीका दिनेश चन्दले मध्यमाञ्चलका युवराज कार्कीलाई तथा सेनाका दीपक श्रेष्ठले सशस्त्र प्रहरीका युकेश नगरकोटीलाई पराजित गरी सेमिफाइनल प्रवेश गर्नुभएको छ ।

यस्तै प्रहरीका भूपेन्द्र थापाले सुदूरपश्चिमाञ्चलका प्रशान्त दाहाललाई, सशस्त्र प्रहरीका विकेशबाल लामाले पूर्वाञ्चलका सन्देश लिम्बूलाई, सशस्त्र प्रहरीकै कौशलजङ थापाले मध्यपश्चिममाञ्चलका केशर खत्रीलाई, सेनाका महेन्द्र केसीले सुदूरपश्चिमका हिक्मत शाहीलाई तथा सेनाकै श्याम खड्काले सशस्त्र प्रहरीका गोकुल गुरुङलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गर्नुभएको बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिनुभयो ।

यस्तै पूर्वाञ्चलका विराज राईले पश्चिमाञ्चलका सविन गुरुङलाई, मध्यमाञ्चलका अनुज भण्डारीले मध्यपश्चिमाञ्चलका विपीन रोक्कामगरलाई, आयोजक पूर्वाञ्चलका प्रकाशइजम लिम्बूले पश्चिमाञ्चलका सरोज सेवालाई, सुदूरपश्चिमाञ्चलका लक्ष्मण थापामगरले मध्यमाञ्चलका निशान गुरुङलाई, पश्चिमाञ्चलका यादव थापाले मध्यपश्चिमाञ्चलका अर्जुन बुढामगरलाई, सुदूरपश्चिमाञ्चलका कमल थापाले मध्यपश्चिमाञ्चलका नरेन्द्र केसीलाई, पूर्वाञ्चलका अशेष पाङमा लिम्बूले मध्यमाञ्चलका दिवसलाल भूमिलाई तथा पूर्वाञ्चलकै प्रेम गुरुङले पश्चिममाञ्चलका नरेन्द्र गुरुङलाई पराजित गर्दै सेमिफाइनल पुग्नुभएको छ ।

सातौँ राष्ट्रियमा सहभागी पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको अवस्था पदक तालिका

टिम स्वर्ण रजत कास्य कुल

नेपाली सेना ३६ १९ १३ ६८

नेपाल प्रहरी १५ १३ १७ ४५

शसस्त्र प्रहरी ८ ११ १७ ३६

मध्यमाञ्चल ६ १३ १२ ३१

पूर्वाञ्चल ३ ५ ११ १९

पश्चिमाञ्चल २ १० १ १३

मध्यपश्चिमाञ्चल २ २ ६ १०

सुदूरपश्चिमाञ्चल २ १ १२ १५

जम्मा ७४ ७४ ८९ २३७

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर