Aamsanchar

दोस्रो झापा गोल्डकप माघ १५ बाट, अध्यक्षमा महेन्द्र गिरी

Author Image
सोमवार, पौष ११, २०७३

Untitled-1 copy

बिर्तामोड।
मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकपको दोस्रो संस्करणको तयारी गरिएको छ ।
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो झापा गोल्डकप प्रतियोगिता सम्पन्न गर्नको लागि समितिको अध्यक्षमा सहकारी अभियन्ता एवम् युवा समाजसेवी महेन्द्रकुमार गिरीलाई चयन गरिएको छ ।
बिर्तामोडमा आइतवार सरोकारवालाहरुबीचको छलफलबाट गिरी दोस्रो झापा गोल्डकपको अध्यक्षमा चयन भएको जिल्ला फुटबल संघका अध्यक्ष तथा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । विगत बर्षदेखि सहारा नेपाल (साकोस)ले जिल्लाको खेलकुद विकासमा अग्रणी सहयोग गर्दै आएको छ । गिरी सो संस्थाका सचिव तथा प्रमुख कार्यकारी अधिकृत हुन् । दोस्रो झापा गोल्डकपको उपाध्यक्षमा बलराम कार्की, प्रदीप मित्तल र युवराज प्रसाईं चयन भएका छन् ।
त्यस्तै महासचिवमा केशव दाहाल र कोषाध्यक्षमा केदार गिरी चयन भएका छन् । पहिलो झापा गोल्डकपका अध्यक्ष होम पाण्डेलाई मानार्थ अध्यक्षमा चयन गरिएको छ । गोल्डकपको तयारी लगायतका विषयमा बुधवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ ।
आगामी माघ १५देखि २४ गतेसम्म बिर्तामोडस्थित डोमालाल रंगशालामा हुने प्रतियोगितामा नेपालका ए डिभिजन टीमसहित भारत, भुटान, बंगलादेश र श्रीलंकाका फुटबल टिमले भाग लिने बताइएको छ ।
गत बर्ष चैत १९देखि २७ गतेसम्म प्रतियोगिता भएको थियो । प्रतियोगितामा विजेता टिमलाई ६ लाख र उपविजेतालाई तीन लाख नगद पुरस्कार तथा ट्रफी प्रदान गरिएको थियो । यस बर्ष पुरस्कार राशी पनि बढाइने बताइएको छ । आयोजक टिमको तर्फबाट झापा ११ प्रतिस्पर्धामा उत्रने छ ।
दोस्रो झापा गोल्डकपका अध्यक्ष गिरीले पहिलो गोल्डकपको अनुभवबाट सिकेका कुरालाई सुधार गरी दोस्रो गोल्डकप अझ व्यवस्थित बनाइने बताए । उनले यो गोल्डकप झापाको मात्र नभई नेपालकै गौरवको विषय भएकाले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन सबैमा आग्रह पनि गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर