Aamsanchar

परराष्ट्रले माग्यो गायत्रीसँग माफी

Author Image
सोमवार, पौष ११, २०७३

काठमाडौं ।

Madhav-Nepal-and-Gayatri-Nepal

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उनकी पत्नी गायत्री नेपालसँग परराष्ट्र मन्त्रालयले आफूहरूको कमजोरीका कारण टर्कीमा दुःख पाएको भन्दै माफी मागेको छ ।

नेपाल दम्पती अमेरिकाबाट नेपाल फर्केलगत्तै परराष्ट्रसचिव शंकरदास बैरागी, राहदानी विभागका प्रमुख सुशील लम्साल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका अधिकारीहरू नेपाल निवास कोटेश्वर पुगेर माफी मागेका हुन् ।
सचिव बैरागी र विभाग प्रमुख लम्सालले इस्तानबुल अध्यागमनको घटनाले आफूहरूलाई दुःखी बनाएको भन्दै नेपाल दम्पतीसँग माफी मागेका हुन् । प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको कुनै दोष नरहेको भन्दै घटनाप्रति दुःख व्यक्त गरेका थिए ।
लम्सालले यो घटनालाई आफूहरूले एउटा गम्भीर पाठका रूपमा लिएको र अब त्यस प्रकारका गल्तीबाट कसैले पनि दुःख पाउनुपर्ने अवस्था नआउने गरी काम गर्ने बताए । एमआरपी बनेपछि पहिलाजस्तो सूचना निकाल्नु नपर्ने र सीधै इन्टरपोलमा नम्बर दिनुपर्ने भएकाले त्यस्तो गल्ती भएको लम्सालले स्वीकारे ।
परराष्ट्र मन्त्रालयको हेलचेक्र्याइँ र नेपाल प्रहरीको असावधानीका कारण पूर्वप्रधानमन्त्री माधव पत्नी गायत्री टर्कीको इस्तानबुलस्थित अध्यागमनको २० घन्टा नियन्त्रणमा परेकी थिइन् । ६ महिनाअघि म्याद सकिएको पासापोर्टबाहक र परराष्ट्रको राहदानी विभागको गैरजिम्मेवारीका कारण गायत्रीले यस्तो दुःख झेल्नुपरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर