Aamsanchar

नेपालद्वारा भुटान ८–० ले पराजित

Author Image
सोमवार, पौष ११, २०७३

काठमाडौंः

nepali-women-football-team-5860f5bb0bea97.41017677

भारतमा जारी चौथो साफ च्याम्पियनसिप महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।

भारतको कञ्चनजंगा रंगशालामा सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले भुटानमाथि ८–० को जित निकालेको हो। नेपालका लागि सावित्रा भण्डारीले डबल ह्याट्रिक गरिन् भने सर्मिला थापा र कृष्णा खत्रीले एक-एक गोल गरेकी थिइन्।

नेपालका लागि खेलको पाँचौ मिनेटमै सावित्रा भण्डारीले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन्। यस्तै ९ औं मिनेटमा सावित्राले नै गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन्। खेलको २३ औं मिनेटमा गोल गर्दै सावित्राले ह्याट्रिक पुरा गरेकी थिइन्।

यस्तै २६ औं मिनेटमा सर्मिला थापाले गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाएकी थिइन्। यस्तै ३५ औं मिनेटमा सावित्राले नै गोल गर्दै नेपाललाई पहिलो हाफमै ५–० को अग्रता दिलाएकी थिइन्।

खेलको ७२ औं मिनेटमा सावित्राले व्यक्तिगत पाँचौ गोल गरिन्। खेलको ७७ औं मिनेटमा दीपा अधिकारीको पासमा सावित्राले गोल गर्दै डबल ह्याट्रिक पूरा गरिन्। खेलको ९० औं मिनेटमा कृष्णा खत्रीले गोल गरेपछि नेपाल भुटानमाथि ८–० को जित निकाल्न सफल भयो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर