Aamsanchar

२०७७ को असारभित्र धरहराको पुनर्निर्माण सक्ने सरकारी योजना

Author Image
मङ्गलवार, पौष १२, २०७३

काठमाडौं,

dharahra

सरकारले धरहरा पुनर्निर्माण २०७७ असारभित्र सक्ने गरी काम थालेको जनाएको छ । पुसभित्रमा धरहरा पुनर्निर्माणको डिजाइन र पुनर्निर्माणका लागि नेपाल टेलिकमसँग सम्झौता गर्ने काम सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

धरहरा पुनर्निर्माण नेपाल टेलिकमले गर्ने र यसका लागि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवार निकायको रुपमा तोकिएको छ । पुनर्निर्माणका लागि अर्थ मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भूमिका सहयोगी निकायको रुपमा रहने प्राधिकरणले जनाएको छ ।

अघिल्लो सरकारले ‘मै बनाउँछु मेरो धरहरा’ अभियान घोषणा गर्दै धरहरा बनाउन वैदेशिक सहयोग तथा सरकारी रकम खर्च नगरी नागरिकबाट रकम संकलन गर्ने काम थालेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर