Aamsanchar

मालपोत कार्यालय सबैभन्दा घुस्याहा

Author Image
मङ्गलवार, पौष १२, २०७३

काठमाडौं ।

download-p

ट्रान्सपरेन्सी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको ‘सार्वजनिक सेवा प्रवाह सर्वेक्षण २०७३’को प्रतिवे सर्वसाधारण सेवाग्राहीमा सचेतताका कारण भ्रष्टाचारमा कमी आएको उल्लेख छ । तर, अध्ययन गरिएकामध्ये मालपोत कार्यालय सबैभन्दा बढी घूस लेनदेन हुने कार्यालयको रूपमा देखिएको छ ।

काम छिटोछरितो रूपमा सम्पन्न गर्न सेवाग्राहीले तोकिएभन्दा बढी रकम तिर्ने गरेका छन् । सबभन्दा बढी सेवा लिने र भीड हुने कार्यालयहरूमा नै समस्या बढी देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनले नेपाल सरकारबाट सञ्चालित सार्वजनिक सेवा प्रवाहबारे ट्रान्सपरेन्सी इन्टरनेसनलले विभिन्न नौ जिल्लास्थित १२ वटा सरकारी कार्यालयमा अध्ययन गरेको थियो । बागलुङ, बाँके, भक्तपुर, दाङ, दार्चुला, दोलखा, रौतहट, रूपन्देही र सिराहा जिल्लाका दुई हजार दुई सय स्थानीय बासिन्दासँग गरिएको अध्ययनबाट प्राप्त तथ्याङ्कलाई प्रतिवदेनमार्फत सार्वजनिक गरिएको हो ।

दुई वर्षअघि गरिएको सर्वेक्षणमा भ्रष्टाचार बढेर ६० प्रतिशत पुगेको थियो । तर, पछिल्लो सर्वेक्षणमा त्यो प्रतिशत घटेर ५३.५ मा झरेको र सार्वजनिक सेवा प्रवाहमा क्रमिक सुधार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिल्ला तहमा सार्वजनिक सेवा छिटोछरितो र प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी निकायबाट गरिएको कार्यक्रमबाट जनताको चेतनास्तर बढेको पनि अध्ययनका क्रममा देखिएको छ ।

सञ्चार क्षेत्रको सक्रियता, साक्षरता दर वृद्धि र सार्वजनिक सेवा लिन सर्वसाधारणमा उत्सुकता जागृत भएपछि विगतको तुलनामा सार्वजनिक सेवा प्रवाह प्रभावकारी भएको र भ्रष्टाचारमा कमी आएको अध्ययनमा संलग्न विशाल भण्डारीले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर